बैशाख २४, २०८१ सोमबार

प्रादेशिक आयुर्वेद अस्पतालमा आकर्षण बढ्यो, पाइल्स-फिस्टुलाको निशुल्क उपाचारको तयारी

दमक । झापाको कमल गाँउपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरमा सेवा विस्तार गरेपछि विरामीहरुको आकर्षण बढ्दै गएको छ । औपचारिक रुपमा १४ महिना अघि नै सञ्चालनमा आएको आर्युवेद अस्पतालमा डा. सिद्धार्थ ठाकुर निमित्त निर्देशकको रुपमा आएपछि सेवा विस्तार भएको हो ।

ठाकुरका अनुसार अहिले अस्पतालमा ओपडि सहितका केही सेवाहरुलाई सुचारु गरेर आएका विरामीहरुलाई सेवा प्रदान गरिदै आएको छ । सकेसम्म निशुल्क रुपमा औषधि समेत उपलब्ध गराइदै आएकोछ ।

५० शैयाको क्षमताको प्रोदेशिक आयुर्वेद अस्पतालमा करार सहित १९ जना मात्र स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत रहेका छन् । कम्तिमा पनि ५० जना जनशक्ति हुने हो भने इमरजेन्सी लगायतका सेवा सुचारु गर्न सकिन्छ, डा.ठाकुरले भने ।

एकैचोटी सेवा विस्तार गर्ने भन्दा पनि दिइरहेका सेवालाई प्रभावकारी बनाउने र सेवा थप्दै जाने आफुहरुको योजना रहेको ठाकुले बताए । यस आयुर्वेद अस्पताललाई प्रदेश कै प्रेषण अस्पताल तथा भरपर्दो अस्पतालको रुपमा विकास तथा विस्तार गर्ने योजनामा रहेका छौ, उनले भने ।

जनशक्ति, बजेट र औषधि अभाव भए पनि सेवालाई प्रभावकारी र विस्तारित रुपमा दिनलाई लागि परेको उनले जनाए । थोरै जनशक्ति भए पनि पञ्चकर्म, भिडियो एक्स रे, ल्याव लगायतको सेवा शुरु गरिएको छ, उनले भने । इमरजेन्सी सेवा विस्तारको लागि पनि आवश्यक काम गरिरहेका छौ,उनी भन्छन् ।

दैनिक ५० जनासम्म विरामी आउन थालेको र सेवा विस्तार भएपछि विरामीको संख्या बढ्ने अपेक्षा रहेको उनको भनाई छ । आयुर्वेद उपचार पद्धतिमा जन विश्वास बढ्दो छ, तर त्यस अनुसारको सेवा दिन भने चुनौती छ, उनले भने ।
अस्पतालमा नै औषधि उत्पादन गर्ने र स्थानीयलाई अस्पतालसँग जोड्ने सोच अनुसार काम भइरहेको पनि उनको भनाई छ । सकेसम्म यही औषधि बनाएर विरामीलाई दिने लक्ष्य रहेको छ, उनले थपे ।

नयाँ सेवा शुरु गरिदै
यसैबीच शुक्रबार अस्पतालले पत्रकार सम्मेलन गरेर पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्धारमा हुने रोगको उपचार शुरु गरिने जनाएको छ । अहिले यसको उपचार गर्ने भन्दै भारतीय चिकित्सक भन्नेहरुले ठगी रहेकाले यसको उपचार सहज रुपमा यहाँ गरिने बताईएको हो ।

सेवा शुरुवातको अवसरमा आँउदो मङ्सिर २५ र २६ गते पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्धारमा हुने रोगको उपचारका लागि अस्पताल परिसरमा नै निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविरमा आउने विरामीहरुको जाँच उपचार पुर्ण रुपमा निशुल्क हुने डा.ठाकुरले बताए । ल्याव देखि लिएर औषधिसम्म कुनै पनि खर्च लाग्दैन, उनले भने ।

प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार  ६ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]