जेष्ठ ५, २०८१ शनिबार

विवाहमा फजुल खर्च नगरौं

सम्पादकीय

नेपाल र नेपाली नागरिक आर्थिक मन्दीको चपेटामा गुज्रिरहनु परेको छ । सरकारले अहिलको आर्थिक मन्दीलाई समाधानको बाटोमा लैजान नीतिगत पहल पनि गर्न सकेको छैन । सरकार आफै आन्तरिक ऋणमा खर्च व्यवस्थापन गरिरहेको छ । सेना, पुलिस र कर्मचारीहरुलाई तलव खुवाउन पनि कठिन छ । अपेक्षित राजश्व संकलन हुन सकेको छैन । आयात बढ्दो छ, निर्यात घट्दो छ । निर्यातजन्य वस्तुमा प्रतिवन्ध लगाउने काम भइरहेका छन् । ठुला कम्पनीहरु राज्यलाई पनि नोक्सान हुने काम मात्रै गरिरहेका छन् । राज्यप्रति वफादार हुने कमै छन्, जसको समाजमा खास मुल्य छैन ।

अहिले आर्थिक मन्दी मात्र होइन, विवाहको सिजन पनि छ । खासगरी मंसिर महिना विवाहको महिना पनि हो । विवाहहरुको तामझामले आर्थिक मन्दीको झल्को दिदैन । भव्यभव्य खर्चमा विवाहहरु भइरहेका छन् । आर्थिक रुपमा लाखौं लाख खर्चेर विवाह गर्नु र सामान्य सामाजिक सेवामा खर्चिएर विवाह बन्धनमा कुनै फरक छैन । ठुलो विहे गरेर प्रतिष्पर्धा गर्नु अहिलेको समयका लागि उचित छैन । किनभने, अहिलेको माहोल सबै क्षेत्र मित्तव्ययी हुने समय हो । मित्तव्ययी नहुने हो भने त्यसले पारिवारिक र सामाजिक रुपमा अवश्य असर गर्नेछ ।

वैवाहिक जीवनमा बाँधिने कुरा जीवनकै महत्पूर्ण पाटो पनि हो । यसमा स्वयम् परिवारको हक अवश्यक हुने छ । तर, लाखौं लाख खर्च गरेर देखासिकीवाला विवाहले राम्रो सन्देश दिदैन । यसले आर्थिक रुपमा नोक्सान मात्रै हुन्छ । करोडौं खर्च गर्दा सम्बन्ध राम्रो हुने, नत्र विग्रिने भन्ने हुदैन । विवाहप्रति धेरैको गलत बुझाई पनि छ, जस्तो सबैको भन्दा धेरै खर्चेर विवाह गर्दा सबैको नजरमा प्रिय बन्न सकिन्छ, सबैले प्रशंसा गर्ने छन् भन्ने लगायत । बेहुला वा बेहुली पक्षको खुशीका लागि तामझाम देखाउनै पर्ने विवाहको फजुल खर्च कटौती गर्नैपर्छ । बरु, एक आपसमा सम्बन्ध प्रगाढ बनाउन सक्नुपर्छ । पारिवारिक र आफन्तजनमा विवाहको कुनै नकरात्मक असर पर्न हुदैन । अहिले भइरहेका विवाहहरुले आर्थिक विकृतिलाई प्रोत्साहन गरिरहेको छ । बेलैमा सबैले सचेत बनौं ।

प्रकाशित मिति : मंसिर २३, २०८० शनिबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]