बैशाख २०, २०८१ बिहीबार

भारतीय फिल्म ‘सालार’ मा गीत गाउँदै मेनुका पौडेल

बिर्तामोड । गायन रियालिटी शो ‘इण्डियन आइडल’ मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले चर्चित भारतीय फिल्म ‘सालार’ मा गीत गाउने मौका पाएकी छिन् ।

हिजो प्रसारित भएको एपिसोडमार्फत उनले ‘सालार’ फिल्मका सङ्गीतकार रवि बसरुरको सङ्गीतमा आफूले गीत गाउने मौका पाएको जानकारी दिएकी हुन् । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रभाषको अभिनय रहेको फिल्म सालारका निर्माता प्रशान्त निलले मेनुकालाई गीत गाउने अवसर प्रदान गरेका हुन् ।

उनले यो अवसरलाई आफ्नो गायन क्षेत्रको ‘टर्निङ प्वाइन्ट’ रुपमा लिएको बताएकी छिन् । मेनुकाले इण्डियन आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी छन् ।

प्रकाशित मिति : मंसिर २५, २०८० सोमबार  १ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]