बैशाख २२, २०८१ शनिबार

सामाजिक काम गर्न बचत संकलन गर्दै ढुवानी व्यवसायी खत्री

बिर्तामोड । झापा बिर्तामोडका ढुवानी व्यवसायी निर्मल खत्रीले सामाजिक कार्यको लागि बचत संकलन गरिरहेका छन् । त्यसका लागि बाकस राखेका छन् ।

वडा नं. ५ शितल मार्केटस्थित भृकुटी रोडमा कार्यालय रहेको पूर्वेली ढुवानी सेवा प्रालिका सञ्चालक खत्रीले बिगत १५ दिनदेखि बचत संकलन सुरु गरेका हुन् । बाकसमा कर्मचारीहरुले आफ्नो दैनिक खर्चबाट थोरै भए पनि सामाजिक कार्यमा रकम जम्मा गर्ने गरेका छन् । बाकसमा दैनिक १ हजार रुपैयाँ बचत हुंदै आएको छ ।

रकम संकलन हुँदै आएको बाकस आगामी दशैं अगाडी खोलिने खत्रीले जानकारी दिए । उनले त्यस बेलासम्म कम्तिमा ४ लाख रुपैयाँ संकलन गरिने र त्यो रकम सामाजिक कार्यमा खर्च गरिने बताए ।

उक्त रकम दृष्टिबिहीन, अपांगता भएका व्यक्ति, गरिब, अनाथ, वृद्धा आश्रम र दुखीहरुको क्षेत्रमा खर्च गरिने उद्देश्य राखिएको छ । २५ जना ट्रक चालकहरुले प्रति व्यक्ति ५ सय रुपैयाँको दरले रकम संकलन गरेका उक्त कार्यको आरम्भ गरेका थिए । पूर्वेली ढुवानी सेवामा ५४ जना कार्यरत छन् ।

प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार  ७ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]