बैशाख २१, २०८१ शुक्रबार

सञ्चारकर्मी बास्तोलालाई ज्यानमार्ने धम्की दिनेलाई कारबाहीको माग

बिर्तामोड । बिर्तामोड झापा डटकम अनलाईन न्यूज पोर्टलका सञ्चालक टिकाराम बास्तोलालाई ज्यानमार्ने धम्की दिएको घटनाप्रति प्रेस चौतारी झापासहित विभिन्न संघ संगठनले दोषीलाई कारबाहीको माग गरेका छन् । चौतारी, प्रेस सेन्टर नेपाल झापा र नेपाल पत्रकार महासंघ झापा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाउदै कारबाहीको माग गरेका हुन् ।

केहि दिनअघि बास्तोलाले विभिन्न सञ्चारमाध्यम प्रकाशित ‘अफ्रिका पठाइदिने भन्दै लाखौँ ठगी गर्ने बिर्तामोडका गिरी पक्राउ’ शिर्षकको समाचार साभार गरेर बिर्तामोड झापा डटकममा प्रकाशित गरी फेसबुक पेजमार्फत सार्वजनिक गरेका थिए । उक्त समाचारको बिषयलाई लिएर समाचारमा उल्लेखित अञ्जेश गिरीका बाबु गणेश गिरीलगायत परिवारका अन्य सदस्यहरुले अश्लिल गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको घटना अत्यन्त निन्दनीय भएको विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।

समाचारमा चित्त नबुझे कानुनी उपचारमा जान सकिने भन्दै स्वतन्त्र पत्रकारितामाथिको यस ज्यादतीमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन तथा पीडित सञ्चारकर्मीको सुरक्षामा विशेष ध्यान दिन पत्रकारजन्य संघ संगठनहरुले माग गरेका छन् ।

प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]