फिदिममा एमालेको बृहत आमसभा सुरु
फिदिम । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत शनिबार १७औं दिनकाे बृहत आमसभा सुरु भएको छ ।
‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानकाे १७औं दिन पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे एमालेकाे टाेली तेह्रथुमबाट पाँचथरको फिदिममा पुगि आमसभा गरेको हो ।