जेष्ठ १, २०८२ बुधबार

आज राष्ट्रिय झण्डा दिवस, चिवाभञ्ज्याङमा राष्ट्रिय झण्ड फहराउँदै

पाँचथर । आज छैटौँ राष्ट्रिय झण्डा दिवस, नेपालको राष्ट्रिय झण्डा फहराउने दिन ।

संयोग नै मान्नु पर्छ नेकपा एमालले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको आज अन्तिम दिन । एमालेले मङ्सिर १४ गते पश्चिमको सिमाना महाकाली नदी किनारको झुलाघाटबाट राष्ट्रिय झण्डा फहराएर सुरु गरेको अभियान आज पूर्वको सिमाना पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर समापन हुँदै छ ।

देशभरि विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय झण्डा दिवस मनाइरहँदा संकल्प यात्रामा निस्किएको एमालेको टोलीका सदस्यहरू भने नेपालको पूर्वी सिमाना चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराउन व्यस्त हुनुहुन्छ ।
चिवा भञ्ज्याङमा केहीबारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ । यात्राको क्रममा चिवाभञ्ज्याङ पुगेका अभियानका सदस्यहरू अहिले भारतसँगको नेपाली सिमाना चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा बोकेर फोटो खिचिरहनुभएको छ ।

मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा आज पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा झण्डाेत्तोलन गरी समापन हुँदै छ ।

०७५ पुस १ गतेदेखि नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो । २०१९ पुस १ गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो ।

सोही दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दै छ ।

प्रकाशित मिति : पुष १, २०८० आईतबार  ११ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]