चैत्र ६, २०८० मंगलबार

भान्सामा पुग्नुअघि बिर्तामोडमा सागसब्जीको परीक्षण

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोकमा पाइने सागसब्जीमा विषादिको मात्रा घट्दै गएको पाइएको छ । विषादि परीक्षण गर्ने प्राविधिकहरुले पछिल्लो समय सुधार आएको जानकारी दिएका छन् ।
बिर्तामोडका नगर प्रमुख धु्रव शिवाकोटी र स्थानीय वडाका जनप्रतिनिधिले विषादि परीक्षणमा विशेष चासो दिएपछि सागसब्जी सहित कृषिवस्तुको परीक्षणलाई प्राथमिकता दिइएको थियो । परीक्षण निरन्तर भएपछि विषादिको मात्रा पनि घट्दै गएको हो । २ वर्षदेखि कृषिथोक बजारको सागसब्जीमा विषादिको परीक्षण थालिएपनि हरेक दिन परीक्षण गर्ने गरिएको थिएन ।

बेलाबखत आवश्यकताका आधारमा परीक्षण हुँदै आएको परीक्षण केन्द्रमा नगरको निर्देशनपछि दैनिक परीक्षण थालिएको छ । चार महिनादेखि हरेक दिन बजारमा आएको सागसब्जी नियमित परीक्षण भइरहेको विषादि अवशेष गु्रप विष्लेषण प्रयोगशाला इकाई बिर्तामोडका सुपरभाइजर मोहम्मद इस्लाम अन्सारीले जानकारी दिए । अन्सारीले हरेक दिन सागसब्जी सहित कृषिवस्तुको परीक्षणका लागि नमूना संकलन गर्दै आएका छन् ।


उनले विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म कृषिजन्य वस्तु त्यसमा पनि विषेश गरी सागसब्जी संकलन गर्दै आएका छन् । उनले संकलन गरेको सागसब्जीको नमूनाका आधारमा विषादि परीक्षण हुन्छ र त्यस पश्चात मात्र विक्रिको लागि अनुमति पाउँछ, अन्सारीले भने ।
कृषिथोकमा पूर्वी पहाड इलाम, पाँचथर, धनकुटा र छिमेकी राष्ट्र भारतबाट सागसब्जी आउने गरेको छ ।

सो बजारमा आउने सबै सागसब्जीको विषादि परीक्षण पछि मात्र व्यापारीले उपभोक्तासम्म पु¥याउँछन् । केहि महिना ब्रो काउलीमा अत्याधिक विषादि भेटिएपछि परीक्षणलाई प्राथमिकता पनि दिइएको बताइएको छ ।
८ देखि १० प्रकारका सागसब्जी हरेक दिन परीक्षण हुन्छ, प्राविधिक अञ्जु आचार्यले भनिन् – अहिले बजारबाट लगिने सागसब्जी ढुक्कले प्रयोग गर्न सकिने अवस्था छ । उनका अनुसार पछिल्लो समय विषादिको मात्रा घट्दै गएको छ ।

विषादि परीक्षणको नतिजा उपभोग्य भएन वा धेरै प्रतिशत देखाएमा व्यापारी मार्फत किसानलाई खवर पठाइन्छ । खवर पठाएकै कारण किसानले विषादिको मात्रा घटाइरहेका छन् । केन्द्रीय कृषि प्रयोगशालाको मातहतमा रहेको परीक्षण केन्द्रले नागरिकको स्वास्थ्यमा विशेष ख्याल पु¥याउनुपर्ने उपभोक्ताको भनाई छ ।


प्राविधिकका अनुसार ३५ प्रतिशत रुकावटलाई मानव शरिरले पचाउन सक्ने छ । त्यसभन्दा माथि भेटिएमा उपभोग्य हुने छैन । अहिले सागसब्जीमा बढिमा १५ प्रतिशत रुकावट देखिन्छ, प्राविधिकले भने ।

प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]