बैशाख २६, २०८१ बुधबार

एमालेले मिथिला चाहेको थियो, मधेश स्वीकार गरियो : पोखरेल

झापा । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशको नामाकरण रातमा नभई दिउँसै भएको बताएका छन् । उनले संविधान बमोजिम दिउँसै प्रदेशसभा सदस्यले मतदान गरेर नामाकरण गरेको स्पष्ट पारे । संविधान र प्रक्रिया बमोजिम भएको नामाकरणको मुद्धा प्रक्रिया बमोजिम नै टुंगो लाग्ने प्रतिक्रिया दिए ।

प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले बलजफ्ती गरेर प्रदेशको पुनःनामाकरण संभावना नरहेको बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका पोखरेलले मधेश प्रदेशको नामाकरणमा एमालेको दृष्टिकोण फरक रहेको स्मरण गराउदै भने – ‘हामीले मिथिला वा अन्य केहि हुनुपर्छ भनेका थियौं, तर प्रक्रिया बमोजिम मधेश नामाकरण भयो । प्रक्रिया अनुसार मधेश नामाकरणमा हामीले वितण्डा गरेनौं । मधेश प्रदेश हामीले पनि स्वीकार गर्यौ ।’ कोशी प्रदेशको नामका सन्दर्भमा काटमारमा उत्रिएर हुदैन, प्रक्रियाभन्दा बाहिर जान सकिदैन, उनले थपे ।

पाँचथरको चिवाभञ्ज्याङ पुगेर काठमाडौं फर्किने क्रममा झापाली पत्रकारहरुसँग कुरा गर्दैे झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्रा अपेक्षाकृत सफल भएको प्रतिक्रिया दिए ।

पोखरेलले संकल्प यात्रा कसैको विरुद्धमा नभएको बताउँदै उनले संकल्प यात्रा, जनजागरणको यात्रा भएको बताउँदै बर्तमान सरकारका गलत कार्यको खबरदारीसमेत भएको बताए ।

निर्वाचनमा मात्र दलहरु जनताको घर दैलोमा आउँछन् भन्ने जनताको गुनासो सम्बोधन यात्राले गरेको टिप्पणी पोखरेलको थियो । उनले पार्टीलाई जनतासँग जोड्न यो यात्रा सफल रहेको दावी गरेका छन् ।

बैतडीको झुलाघाटबाट सुरु भएको यो यात्रा १८ दिनपछि पाँचथरको चिवाभन्ज्याङमा समापन भएको थियो । यात्राका क्रममा जनताका बिभिन्न गुनासोहरु सुन्ने अवसर प्राप्त भएको पोखरेलले बताए । राजनीतिक हिसाबले जनतामा निरासा पैदा भइरहेको अवस्थामा उत्साह जगाउनसमेत यात्रा प्रभावकारी रहेको जनसहभागिताले पुष्टि गरेको उनले बताए ।

उनले मध्य पहाडी क्षेत्रका जनताको अवस्था, जनजिविकाको सवाल, बसाँई सराई लगायत सम्भाब्यता अध्ययनका निम्ति ठुलो सफलता पाएको बताए । चाँडै काठमाण्डौमा समग्र अभियानको प्रतिवेदन सार्वजनिक गरिने उल्लेख गर्दै पोखरेलले यात्रा अवधिभर साथ र सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद दिए । प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले झापाका इन्चार्ज विशाल भट्टराई, झापाका अध्यक्ष दिपक कार्की लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : पुष २, २०८० सोमबार  ५ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]