बैशाख २६, २०८१ बुधबार

पराल बोकेको पिकअपमा आगजनी गरेको आरोमा बुलेट पक्राउ

बिर्तामोड । इलामको रोङ गाउँपालिका –४ किटेनीस्थित मेची राजमार्गमा पराल बोकेको पिकअपमा आगजनी गरेको आरोपमा बुलेट किराँती भन्ने अन्जेश राईलाई प्रहरीले पक्राउ गरेको छ ।

बुद्धशान्ति –४ का राईलाई जिल्ला प्रहरी कार्यालय ईलाम र ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले आज अर्जुनधारा –११ नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

उनी प्रदेशको पुनःनामाङकन संयुक्त संघर्ष समितिका बुद्धशान्ति संयोजक, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ, अभियान अन्तर्गत नागरिक युवा दस्ताका मेचीनगर संयोजक भएको बुझिएको छ ।

प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको आव्हानमा कोशी प्रदेशमा यातायात बन्दको अवज्ञा गरेको भन्दै शनिवार पराल बोकेको मे १ ज ११४० नम्बरको पिकअप गाडीमा आगजनी गरिएको थियो । आगजनीमा संलग्नहरुको हुलियाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर ईलाम लगिएको झापा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : पुष २, २०८० सोमबार  ७ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]