बैशाख २३, २०८१ आईतबार

मेचीनगरमा जनगुनासो र समाधानको बिषयमा माओवादीभित्र छलफल

मेचीनगर, ३ पुस । नेकपा माओवादी केन्द्र मेचीनगरले पार्टीको आन्तरिक बिषयमाथि बृहत अन्तरक्रिया कार्यक्रम मंगलबार काँकरभिट्टामा सम्पन्न गरेको छ ।

प्रदेश, क्षेत्र, नगर र वडाबाट सहभागी पार्टीका इन्चार्ज, अध्यक्ष, सचीव तथा पदाधिकारीहरु सम्मिलित अन्तरक्रियामा नगर र वडामा देखिएको समस्या, जनगुनासो र समाधानको बिषयमा छलफल भएको थियो । कार्यक्रममा मेचीनगरका १५ वटै वडाका इन्चार्ज, अध्यक्षले सर्बसाधारण गरीब–बिपन्न जनताका जटिल समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

जनताका समस्यालाई पार्टीले स्थानीय निकाय र सरोकारवलासँग समन्वय गरेर समाधानको पहल गर्नुपर्ने सुझाव दिएका हुन् । छलफलमा पार्टी सुदृढीकरण अभियान अन्तरगत वडा र टोलटोलमा देखिएका समस्यालाई छिट्टै पार्टीले समाधान खोज्नुपर्नेमा जोड दिएका थिए ।

यसैबीच बिदेशबाट फर्किएका युवाहरूको संस्था रिटेर्नी नेपालले मेचीनगरमा संस्थालाई सकृय बनाउन समिति गठन गर्ने भएको छ । जसका लागि पुस महिनाभित्र बृहत बनभोज कार्यक्रमबीच समिति गठन गर्ने निर्णयसमेत गरेको छ । सर्वसाधारण जनताको गुनासो सुन्न र समाधानको उपाय खोज्नका लागि नगरभित्र बृहत्त बनभोजसहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले जानकारी दिए ।

बृहत बनभोज तथा अन्तरक्रियामा ५ सयबढी सर्वसाधारण आगन्तुक तथा कार्यकर्तालाई सहभागी गराइने जनाइएको छ । बृहत बनभोजका लागि नगर अध्यक्ष चिमरियाको संयोजकत्वमा वडा इन्चार्ज, अध्यक्ष सम्मिलित ४१ सदस्य व्यवस्थापन समिति समेत तय गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश समिति सदस्य प्रकाश भण्डारीले पार्टीभित्र कुनै समस्या नहरेको जनाउँदै परिणाममुखी काम गर्न मातहतका कमिटीलाई निर्देशन दिएका थिए ।

पार्टी र जनताबीचको सम्बन्ध जीवन्त राख्न पार्टी केन्द्रीय नीति तथा कार्यक्रमलाई आत्मसाथ गर्दै स्थानीय तहमा मौलिकता भुगोल र भाषिक–सांस्कृतिक बिषयलाई जोडेर मेचीनगरले नबिनतम कार्यक्रम ल्याउने अध्यक्ष चिमरियाले प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : पुष ३, २०८० मंगलबार  ९ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]