बैशाख १८, २०८१ मंगलबार

पूर्व विद्यार्थी बाँस्कोटाद्वारा जनकल्याणका विद्यार्थीलाई न्यानो कपडा

बिर्तामोड । जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । गौरीगञ्ज १ महाभारास्थित विद्यालयमा अध्ययनरत १४३ जना विद्यार्थीहरुलाई न्यानो कपडा (ट्रयाक सुट) वितरण गरिएको हो ।

विद्यालयका पूर्व विद्यार्थी हेमन्त बाँस्कोटाले न्यानो कपडा उपलब्ध गराएका हुन् । आज एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई कपडा वितरण गरिएको हो । पूर्व विद्यार्थी बाँस्कोटाले १ लाख १४ हजार ४ सय रुपैयाँ बराबरको ट्रयाक सुट वितरण गरेका हुन् । उक्त न्यानो कपडाका लागि केहि दाताको समेत सहयोग प्राप्त भएको बाँस्कोटाले जानकारी दिए ।

बिर्तामोडमा औषधि व्यवसाय समेत गर्दै आएका बाँस्कोटाले आफूले विद्यालय जीवन प्रारम्भ गरेको ठाउँमा सहयोग गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गरे । विद्यालयको शैक्षिक अवस्था सुधार गर्न शिक्षक, अभिभावक र सरोकारवालाई आग्रह गर्दै आगामी दिनमा समेत सहयोग जारी राख्ने बताए ।

वडा नं. १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी, वडा सदस्य राजभक्त सुनुवार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालचन्द्र सिंह राजवंशी, प्रधानाध्यापक भीम बहादुर कार्कीले न्यानो कपडाको लागि धन्यवाद दिदंै उपलब्ध गराउने बाँस्कोटाप्रति आभार व्यक्त गरेका थिए ।

अधिकांश वक्ताले विद्यालय सुधारमा चासो दिन आग्रह गरेका छन् । हरेक वर्ष विद्यालय खस्किदै गइरहेको भन्दै सुधारका लागि व्यवस्थापन समिति, शिक्षक, अभिभावकलाई आग्रह गरिएको छ ।
पूर्व विद्यार्थी बाँस्कोटासहित अतिथिहरुले कपडा वितरण गरेका थिए ।

प्रकाशित मिति : पुष ४, २०८० बुधबार  ७ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]