जेष्ठ ४, २०८१ शुक्रबार

जहाँ गुप्ता, त्यहाँ समस्या

सम्पादकीय

झापा गाउँपालिकाको डिल्लीराज माविलाई यत्तिका वर्षसम्म ठिकै ढंगले चलेको थियो । सामान्य हिसावले दैनिकी चलाइरहेको डिल्लीराज मावि यतिवेला चौतर्फी चर्चामा छ । अर्थात, विवादमा मुछिएको छ । अर्जुनधाराबाट सरुवा भई प्रधानाध्यापकको रुपमा पुगेका विरेन्द्र प्रसाद गुप्ता पुगेदेखि विद्यालय विवादमा आएको छ । यतिसम्म कि, स्थानीयबासी अख्तियार नै पुगेका छन् । विद्यालयको आर्थिक क्षेत्र डामाडोल बनाएको आरोप लागेपछि हरहिसाव खोज्दै अख्तियारमा उजुरी परेको छ । हुनतः उजुरी गुप्ताको लागि सामान्य नै हो । किनभने, शिक्षण जीवनमा उनीविरुद्ध धेरै उजुरी परिसकेका छन् ।

अर्जुनधारा –६ को लक्ष्मी माविमा रहँदा उनले गरेका कर्तुतहरु कसैले सहन सकेन । काम गरेका शिक्षकहरुलाई तलव समेत समयमा नदिने, आफुलाई सहयोग गर्ने स्टाफका लागि जस्तोसुकै सहयोग गर्ने, असहयोग गर्नेलाई काममा दुख दिने उनको पुरानै आदत हो । शिक्षक–शिक्षकमा विभाजन ल्याउने, व्यवस्थापन समिति, अभिभावक संघलाई प्रभावमा पारेर काम गर्ने प्रअ गुप्ताको पुरानै समस्या हुन् । एकातिरबाट विद्यालय बनाए जस्तो गर्ने अर्कातिरबाट ठिक ढंगले व्यवहार नगर्ने, शक्तिको प्रयोग गरेर काम गर्न खोज्छन् । जसले विद्यालयलाई सहि बाटोमा अघि बढ्न दिदैन ।

झापाको शैक्षिक क्षेत्रमा उनको पहिचान खासै सकारात्मक छैन । राजनीतिक नेतृत्वको आडमा काम गर्ने प्रअ गुप्ताले पारदर्शी काम गर्दैनन् भन्ने आरोप अझै पनि छ । डिल्लीराज माविमा पुगेपछि गुप्ताको काम गर्ने तौरतरिकामा सुधार हुन्छ भन्ने अपेक्षा थियो । तर, अहिलेको घटनाले उनीमा सुधार आउने छाँट देखिएन । हरेक विद्यालय पुग्ने वित्तिकै भौतिक संरचना, फर्निचर, हल निर्माणमा जोड दिने तर हिसाव सार्वजनिक नगर्ने व्यवहारले आर्थिक कारोवार तसहनहस बनाउने गरेका छन् । प्रायः उनले लेखा हेर्नेलाई सबैभन्दा धेरै प्रभावित बनाएका हुन्छन् । अब, डिल्लीराजको सवालमा स्थानीय सरकार सबैभन्दा चनाखो हुन आवश्यक छ । अर्को, व्यवस्थापन समिति, अभिभावक संघ र अभिभावकहरु जागरुप नहुने हो भने अख्तियारका जतिसुकै पत्र आएपनि टेर्ने छैनन् । विद्यालय जोगाउने कि गुप्ता जोगाउने हो ? त्यो घडि आएको छ । त्यसको छिनोफानो गर्ने जिम्मेवारी स्थानीय सरोकारवालाको काँधमा आइलागेको छ ।

प्रकाशित मिति : पुष ५, २०८० बिहीबार  ८ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]