बैशाख २२, २०८१ शनिबार

भगवती माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

शिवसताक्षी । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले भगवती माध्यमिक विद्यालयका छात्र छात्रालाई न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले आज एक कार्यक्रम गर्दै शिवसताक्षी ७ व्याङ्गडाँडा स्थित भगवती माध्यमिक विद्यालयका ५० जना विद्यार्थीहरुलाई स्वीटर र जुत्ता वितरण गरेको हो ।

न्यानो कपडा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली, वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्ग लगायतले वितरण गरेका हुन् ।

सामाजिक सेवा गर्ने उद्देश्यले २०६८ सालमा ओली परिवारले एक एक लाख रुपैया जम्मा गरेर सुरु गरेको प्रतिष्ठानले आजसम्म आइपुग्दा धेरै यस्ता सामाजिक काम गरेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले बताए । हाम्रा स्व. पिताजीले गर्नु भएको समाजिक कार्यहरुलाई प्रतिष्ठान मार्फत हाम्रो परिवारले आज सम्म निरन्तरता दिएको अध्यक्ष ओलीले जानकारी दिए । ओलीले झापाका कनकाई र झापा गाउँपालिकाका विद्यालयहरुमा पनि यो कार्यक्रम सञ्चालन गरिने बताए ।

नगरप्रमुख मेगाहाङ्ग थोप्राले सामाजिक कार्यक्रमा अग्रणी भूमिका खेल्ले प्रतिष्ठान लगायत ओली परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले आफ्ना माता पिताका नाममा प्रतिष्ठान सञ्चालन गरी समाजमा रहेका गरिबीका रेखा मुनी रहेका विपन्न परिवार र उनका छोरा छोरीहरुको अध्ययनलाई मध्यनजर राख्दै न्यानो कपडा वितरण गरेर अत्यन्तै सरानीय गरेको बताए । उनले भने, समाज प्रतिष्ठानहरु धेरै छन् । तर सामाजिकरुपमा सेवा मुखी काम गर्ने संस्था कमै छन् । ओली प्रतिष्ठान सामाजिक सेवाका लागि झापा धेरै अगाडी रहेको मैले पाएको छु ।

भवगती माध्यमिक विद्यालयका कक्षा ६ देखि ९ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई कपडा वितरण गरिएको प्रतिष्ठानका कोषाध्यक्ष यज्ञराज ओलीले जानकारी दिए । उनले भगवती माविमा मात्रै ४५ हजार बराबर सामाग्री विद्यार्थीहरुलाई प्रदान गरेको जानकारी दिए ।

वि.स. २०६७ सालमा श्रीप्रसाद ओली र उहाँका सन्तानहरुबाट स्थापना भएको रुद्र गौरी श्री अम्बिका प्रतिष्ठानले सामाजिक सेवामा झापा मै अग्रणी स्थान लिएको छ । समाजमा भएका परम्परागत, ज्ञान, सी, र पद्धतिलाई प्रोत्साहन तथा महत्व दिदै समाजको जीवन स्तिर उकास्न हौसला प्रदान सामाजिक सेवामा लाग्ने उद्देश्ले प्रतिष्ठान गठन भएको रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा विद्यालयका प्रअ रमेशकुमार दाहालले ओली परिवार तथा प्रतिष्ठानलाई धन्यवाद दिएका थिए । वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्ग लगायतले शुभकामना मन्तव्य राखेका थिए भने, र्काक्रमको सञ्चालन शिक्षक नारदमणी न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति : पुष ६, २०८० शुक्रबार  ६ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]