बैशाख २३, २०८१ आईतबार

सम्पादकीय : ठगि गर्ने एम्बुलेन्स प्रहरीमा बुझाइदेऊ

स्वास्थ्य क्षेत्रमा यातायातको सेवा प्रदान गर्दै आएका एम्बुलेन्स ‘नाखी’ नलगाएको राँगा झै भएका छन् । अझ झापामा यो समस्या बढ्दो छ । बिरामीलाई अस्पतालसम्म पु¥याउन प्रयोग गरिने यातायातको साधन एम्बुलेन्स संवेदनशील साधन हो । तर, यसै क्षेत्रमा अत्याधिक खेलाची गरिएको छ ।

झापामा भर्खरै गरिएको अनुगमनमा एकैदिन ७ वटा एम्बुलेन्स नियन्त्रणमा परे । एकदिनमा यतिका एम्बुलेन्स नियन्त्रण गर्नुप¥यो भने हप्तादिन अनुगमन गरे कति एम्बुलेन्स नियन्त्रणमा पर्ने थिए । अधिकांश यस्ता साधान अधारभूत मापदण्ड पुरा गर्न पनि सकिरहेका छैनन् ।
जिल्ला अनुगमन समितिले बेलाबेला यसरी अनुगमन गरिरहे यो वेथिती अन्त्य हुने थियो । तर, झ्वाँक चल्दा मात्र अनुगमन गर्ने परिपाटीले धेरैलाई उन्मिुक्ति मिलिरहेको छ ।

यातायातको सबै प्रकारका साधन अनुगमन जरुरी छ । एम्बुलेन्स मात्र होइन अन्य सवारीको जाँच पनि आवश्यक छ । एम्बुलेन्सले ब्लुबुक, बिलबुक, स्टे«चर नभएका, यात्रु बोकेर हिँडेको अवस्थामा भेटिए । ति एम्बुलेन्सका कागजात नियन्त्रण गरेर मात्र हुँदैन । कानुनी कारबाही नै गर्नुपर्छ । एम्बुलेन्स जस्तो महत्वपूर्ण साधनमा लापरबाही गर्ने सञ्चालक पनि कारवाहीको दायरामा ल्याइनुपर्छ ।

एम्बुलेन्स सेवामुखी नभई नाफामुखी भइरहेका छन् । कमिशन लिएर चालकले आफ्नो मर्जीमा विरामी अस्पताल पु¥याउने गरेको घटना पनि छ । एम्बुलेन्समा हरपल विरामी हुन्छन् भन्ने मानसिकताले बाटोमा जाँच पनि हुदैन । कतै एम्बुलेन्स सेवाको नाममा गैरकानुनी काम त भइरहेको छैन ?

झापामा यहि अभियान सञ्चालन गरेर सबै एम्बुलेन्स नियमन गर्नुपर्छ । त्यसका लागि अनुगमन समितिले स्थानीय तहहरुलाई पनि समन्वय गरेर काम गर्न सकेमा प्रभावकारी हुने निश्चित छ । विरामीसँग अनुचित भाडा लिने, विरामीको परिवारले भनेको अस्पताल नलैजाने एम्बुलेन्सलाई जो कोहिले प्रहरीमा बुझाए हुन्छ । सेवाको नाममा ठगि गर्ने छुट दिनु हुदैन । हाल झापामा दर्ता भएका १३३ एम्बुलेन्समध्ये ८५ वटा सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : पुष ६, २०७६ आईतबार  ३ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]