जेष्ठ ३, २०८१ बिहीबार

जन्मदिनमा ८० जना विद्यार्थीलाई स्कुल व्याग वितरण

शिवसताक्षी । आफ्नो जन्म दिन साथीभाईहरुलाई भोज खुवाएर तडकभडकका साथ मनाउने प्रचलन चलिरहेका बेला झापा शिवसताक्षी- १० की वडा सदस्य तथा नगर कार्यापालिका सदस्य कोपिला चिमरिया मैनालीले रचनात्मक काम गरेर मनाएकी छिन् ।

उनले सोमवार आफ्नो जन्म शिवसताक्षी नगरपालिका वडा नं. १० को दिपेन्द्र आधारभूत विद्यालयमा मनाइन् । जन्मदिनको अवसरमा मैनालीले दिपेन्द्र आ.वि. का ८० जना बालबालिकाहरुलाई स्कुल व्याग वितरण गरेकी छिन् । उनले जन्मदिन मनाउने खर्चलाई रचनात्मक काममा लगाउँदै विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ३ सम्मका विपन्न समुदायका छोराछोरीहरुलाई स्कुल व्याग वितरण गरेकी हुन् ।

उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, कार्यापालिका सदस्य कोपिला मैनाली र उनका श्रीमान् कपिलमणी मैनालीले विद्यालयमा एक कार्यक्रमको आयोजना गरी स्कुल व्याग वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारसिंह साँवाले जानकारी दिए ।

त्यस्तै जन्म दिन मनाउने क्रममा मैनालीले वडा नं. १ ट्याक्रका दुई ज्येष्ठ माताहरुलाई सम्मान गरेकी छिन् । स्थानीय लीला सुवेदी र सीता भट्टराईलाई गाम्छा ओडाएर नगदसहित सम्मान गरेकी थिइन् ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले मानिस सामाजिक प्राणी भएकाले समाजका लागि हरेक तरिकाले योगदान पुर्याउन अब कर्तव्य जस्तै बन्न थालेको बताए । वडा सदस्य तथा कार्यापालिका सदस्य मैनालीले समाजका लागि र यस विद्यालयका बालबालिकाहरुलाई गरिएको सत्तकर्मको खुलेर प्रशंसा गरेका थिए । उनले एक जनाको जन्मदिनले धेरै बालबालिकाहरुको अध्ययनमा सहयोग पुगेको बताए । नगरप्रमुख थोप्राले विद्यालयको भौतिक र शैक्षिक गुणस्तर बृद्धिका लागि नगरपालिकाको तर्फबाट २ लाख बजेट विनियोज गर्ने प्रतिबद्धता जाहेर गरे । उनले विद्यालय अवस्थाका बारेमा अनुगमन समेत गरेका थिए ।

त्यस्तै कोपिला मैनालीले विद्यालय विद्याको मन्दिर र यसमा देशका कर्णधार बालबालिकाहरुको भविष्य निर्धारण गर्ने भएकाले आर्थिक अभावको चपेडामा परेका बालबालिकाहरुलाई सानो सहयोग गरेको बताइन् । उनले आफु जनप्रतिनिधि भएका कारण पनि आफुलाई समाजका हरेक कुराहरुको जिम्मेवारी बोध भएको बताइन् । उनले भनिन्, विकासका कामहरुलगायत सबै प्रकारका रचनात्मक कामहरुमा सबैको सहयोग र साथको अपेक्षा गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

कार्यक्रममा विद्यालयका प्र.अ. महेश खड्का र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारसिंह साँवाले विद्यालयको भौतिक तथा आर्थिक अवस्थाका बारेमा नगरप्रमुखलाई जानकारी गराएका थिए ।

यसैबीच कोपिला मैनालीलाई दिपेन्द्र आधारभूत विद्यालयले केकको व्यवस्थापन गरिदिएको थियो । विद्यालयतर्फबाट केक काटेर मैनालीको जन्म दिन मनाएको विद्यालयका प्र.अ. खड्काले जानकारी दिए ।
कार्यक्रममा कार्यपालिका सदस्य मंगलीदेवी विश्वकर्मा, वडा सदस्य मातृकादेवी कोइराला, शिक्षक अभिभावसंघका अध्यक्ष, वि.व्य.स. सदस्यलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : पुष ९, २०८० सोमबार  ९ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]