बैशाख २०, २०८१ बिहीबार

एमाले सांसद बरालद्वारा एक वर्षे रिपोर्ट कार्ड सार्वजनिक

काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले आफ्नो एक वर्षे कार्यकालको रिपोर्ट कार्ड सार्वजनिक गरेकी छन् ।
गत मंसिरको निर्वाचनबाट समानुपातिकतर्फबाट सांसद भएकी बरालले विगत एक वर्षमा संघीय संसद्का बैठक एवं संसदीय समितिका बैठकहरूमा नीतिगत र सार्वजनिक महत्त्व एवं चासोका विषयमा आफूले खेलेको भूमिका सार्वजनिक गरेकी हुन् ।

उनले भनेकी छन्, ‘प्रतिनिधिसभाको सदस्यको रूपमा मेरो जिम्मेवारीलाई मैले प्रयासहरूको मूर्त कार्यान्वयनको चरणसम्म पु¥याउने सङ्कल्पको रूपमा लिएकी छु । सांसदको भूमिकामा मेरो प्रथम वर्षलाई मैले लामो समय विद्यार्थी आन्दोलन र विकासका विभिन्न अवयवको प्रत्यक्ष साक्षीको अनुभवलाई नीति निर्माणको व्यवहारिक तहमा कार्यान्वयन गर्ने र सिक्ने अवसरका रूपमा उपयोग गरेकी छु ।’

विधि र व्यवस्थाअनुसार जिम्मेवारी सम्हालेर परिणाम देखाउने अवसर नपाएर प्रतिपक्षमा बसेर सचेत गराउने जिम्मेवारीमा रहेको उनले उल्लेख गरेकी छन् ।

जनताका एजेण्डामा सँगै उभिएर गलत क्रियाकलापमा सशक्त खबरदारी गरेको उल्लेख गर्दै सांसद बरालले सदन, सडकमा मतदाता र आमनागरिकसँगै रहेको बताइन् ।
उनले संसदभित्र सांसद र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सदस्यको भूमिका आफूले जिम्मेवार भएर निर्वाह गरेको उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : पुष १०, २०८० मंगलबार  ४ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]