बैशाख २७, २०८१ बिहीबार

दूधेमा चासोक तङ्नाम भव्यताका साथ मनाइयो

शिवसताक्षी । लिम्बु जातिहरुको मौलिक पर्व चासोक तङ्नाम शिवसताक्षीको दूधेमा भव्यताका साथ मनाइएको छ ।
प्रकृतिक पुजकको रुपमा मान्दै आएको चासोक तङ्नाम (न्वागी पुजा) शिवसताक्षीको दूधेमा विविध कार्यक्रम गरी मनाइएको हो । किराँत याक्थुङ चुम्लुङ शिवसताक्षी नगर समितिको आयोजनामा निर्माणधिन दुधे रंगशालामा चासोक तङ्नाम पर्व मनाइएको किराँत याक्थुङ चुम्लुङ शिवसताक्षीका विरबल जवेगुले जानकारी दिए ।

चासोक तङ्नाम कार्यक्रममा बोल्दै संघीय सांसद एलपी साँवा लिम्बुले सबै समुदायहरुलाई एकै स्थान जम्मा गरी मौलिक पर्व चासोक तङ्नामलाई उत्सवको रुपमा मनाउनका निमित्त कार्यक्रमको आयोजन गर्ने किराँत याक्थुङ चुम्लुङ र जनप्रतिनिधिहरुलाई धन्यवाद दिएका छन् । नेपाल बहुजाति, बहुभाषी र बहुसंस्कृतिक मुलक हो ।

देशको पहिचान र सम्पत्ती भनेकै सबै जात जातिहरुको भाषा, धर्म, लिपी लगायतका संस्कृतिक पर्वहरु हुन् । उनले भने, यसको संरक्षण र जर्गेना गर्नु हामी सबैको दायित्व हो । चासोक तङ्नाम एउटा इतिहास बोकेको पर्व भएकाले पछिल्लो समय यसको महत्व बढ्दै गएको छ । उनले आगामी दिनहरु उज्जल बनाउनका निम्ति हामी हाम्रा नकरात्मक सोचहरुलाई निरुत्साहित गर्दै सबैले सृजनशिल भएर भावी सन्तनीका लागि काम गर्नु पर्ने बताए ।
कार्यक्रममा च्याब्रुङ नाच, साकेला नाच, सतार नाचलगायत लिम्बु भाषाका गीतहरु प्रस्तुत गरिएको थियो । लिम्बु समुदायका परमपरागत खेलहरु प्रस्तुत गरिएको छ ।

कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, वडाध्यक्ष सन्त फउदिन, पर्शुराम ढुंगाना, महेन्द्र भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम ९ गते नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेर सुरु गरिएको थियो ।
लिम्बू समुदायले महान्चाडको रूपमा मनाउँदै आएको चाड हो, चासोक तङ्नाम । चासोक तङ्नाम ृन्वागी पूजो अर्थात उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्राउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।

लिम्बू जातिको मुन्धुममा उल्लेख भएअनुसार कृषि युग सुरु हुनु अघि लिम्बूका आदिम पुर्खा सावा येत्हाङले कन्दमूल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरू कुपोषण र अनेक रोगव्याधीको सिकार हुन्थे । यी समस्या समाधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङसँग प्रार्थना गर्दथे । यही प्रार्थनाले गर्दा नै उनीहरूले पेनारमाङदः (कोदोे, परामा )कोदोसँग उम्रने फल्ने, ताक्मारु, घैयो, तुम्री ृजुनेलोे आदि बीउ बिजन तागेरानिवाभु माङले उपलब्ध गराइदिए ।

प्रकाशित मिति : पुष १०, २०८० मंगलबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]