जेष्ठ ४, २०८१ शुक्रबार

अस्पतालमाथि निशाना

सम्पादकीय
झापाको बिर्तामोडमा पछिल्लो वर्षहरुमा स्वास्थ्य उपचार सहज बनिरहेको छ । यहाँ सामान्य उपचारदेखि क्यान्सरसम्मको उपचार हुने अस्पतालहरु छन् । शिक्षा र स्वास्थ्यका लागि हब बन्दै गइरहेको बिर्तामोडमा उपचारका लागि बाहिर जानैपर्ने बाध्यता छैन । तर, कतिपय अवस्थामा डाक्टरहरुकै सल्लाहमा उपचारका लागि पठाइने पनि गरिएको छ । एक वेला उपचारका लागि भारतको सिलिगुडी निर्भर भएको झापालाई अहिले ठुलो सुविधा एवम् राहत मिलेको छ । उपचार सेवामा खासै कठिनाई छैन ।

पर्याप्त अस्पतालसँगै उपचार सेवा रहेको बिर्तामोडमा केहि वर्षदेखि गलत नजिर बसाउने प्रयास भइरहेको छ । यहाँको विएण्डसी अस्पताल, बिर्तासिटी, मनमोहन, पूर्वाञ्चल क्यान्सर अस्पताल, अन्जली, मेडिको लगायतका अस्पतालहरुले स्वास्थ्य उपचार सेवा प्रदान गरिरहेका छन् । उपचारका क्रममा विरामी निको हुने संभावना जस्तै दुर्घटना हुने संभावना पनि प्रवल हुन्छ । स्वास्थ्य विज्ञानमा दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ । उपचारमा विरामीको मृत्यू भएमा डाक्टरलाई दोष लगाइहाल्ने परिपाटी बढिरहेको छ । उपचारमा डाक्टरले पनि विरामी निको बनाउने गरी उद्देश्य राखेको हुन्छ । तर, कुनै डाक्टर र स्वास्थ्यकर्मीलाई विरामीमाथि लापरबाही गर्ने छुट हुने छैन ।

मनमोहन अस्पतालमा मंगलवार दिनभर तनाव भयो । एक जना विरामीको मृत्यूले दिनभर अस्पताल क्षेत्र तनावग्रस्त बन्यो । कुनै पनि विरामीमाथि लापरबाही गर्न मिल्दैन । सबैलाई स्वस्थ्य बनाएर अस्पतालले पठाउन सक्नुपर्छ । तर, दुर्घटना भइहाले अस्पताललाई नै निशाना बनाइहाल्ने परिपाटीको अन्त्य हुनुपर्छ । यो घटना मात्र होइन, विर्तामोडका धेरै पटक अस्पताल तोडफोड भएका छन् । तोडफोड गर्ने, दवाव सिर्जना गर्ने र लेनदेन गरेर मिलाउने नजिर सामाजिक रुपमा गलत छ । यसले भविष्यमा राम्रो नतिजा दिदैन । पीडित परिवारका लागि सदस्य गुमाउनुभन्दा ठुलो दुख अर्को छैन । तर, त्यसैको अवसरमा मौका छोप्नेहरुबाट जो कोहि सतर्क हुनुपर्छ । अस्पतालहरुले पनि उपचारमा विरामीको परिवारसँग राम्रो समन्वय गरेर मात्र काम गर्नुपर्छ । लापबारही गर्न मिल्दैन । तोडफोड गर्ने भीड देखेर लाखौं रुपैयाँ दिने अस्पतालहरुले पनि कमजोरी सच्याउनुपर्छ ।

प्रकाशित मिति : पुष ११, २०८० बुधबार  १० : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]