जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोड वाणिज्य संघलाई पुनर्जीवन दिऊ

सम्पादकीय
उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ एक वेला सबैको आकर्षणको संस्था थियो । जिल्लाको अधिकार बजार केन्द्रीत संघमा आएपछि यसको महत्व झनै बढेर गयो । शहरै पिच्छेका वाणिज्य संघ अधिकार सम्पन्न भएपछि उद्योगी व्यवसायीहरुमा नयाँ आशाको उदय भयो । व्यापार क्षेत्रमा छाता संस्थाका अनेकौ रचनात्मक सहयोग हुने अपेक्षा थियो । तर, पछिल्लो वर्षहरुमा वाणिज्य संघहरु व्यापारीका लागि अत्यावश्यक संस्था बन्न सकिरहेको छैन । निर्वाचनमा चहलपहल गर्ने र बाँकी समय सुस्ताउने वाणिज्य संघको अब अर्थ छैन ।

पूर्वको ठुलो बजार बिर्तामोडमा पनि वाणिज्य संघ छ । जिल्लामा अधिकार सम्पन्न हुँदा पनि महत्वपूर्ण प्रभाव राख्न सक्ने यहाँको वाणिज्य संघले व्यापारीको हितमा काम गर्न सकेको छैन । पछिल्लो अध्यक्षहरुमा बलराम कार्की हँुदा संघले चाम बनाएको थियो । वाणिज्य संघ सामाजिक रुपमा स्थापित भएको थियो । व्यापारीहरुको सामान्य समस्याहरुमा पनि उपस्थित हुन्थ्यो । तर, त्यसपछि वाणिज्य संघ हुनु र नहुनुले खासै अर्थ राखेको छैन । वाणिज्य संघले व्यापारीहरुलाई निराशाबाट मुक्त बनाउन सक्नुपर्छ । व्यापारको चहलपहल बढाउन नयाँ–नयाँ उपाय र योजना निर्माण गर्न सक्नुपर्छ ।

बिर्तामोड वाणिज्य संघमा अहिले कुशल नेतृत्वको अभावका खड्किएको छ । कोभिड महामारी र आर्थिक मन्दीपछि बजार चलायमान बनाउन कुनै पनि भूमिका निर्वाह गर्न सकेको छैन । जिल्ला आउने हाकिमहरुको स्वागत र विदाईमा विताएको कार्यकाल समयको वर्वादी मात्रै भएको छ । महोत्सव लगाएर बाहिरका व्यापारीलाई मुनाफा हुने काम गर्ने संघको हिसाव खोज्ने हो भने उस्तै बेहाल छ । बिर्तामोडलाई अब व्यापारीमैत्री काम गर्न सक्ने नेतृत्वको खाँचो भएको छ । त्यसका लागि फागुन १४ मा मतदाताले विवेक पुराउनैपर्ने देखिन्छ । नेतृत्वका नाममा डमी होइन, कुशल नेतृत्व पहिचान गर्ने काम व्यापारीको हातमा छ । स्वागत विदाई गर्ने कि व्यापारीको हितमा काम गर्ने नेतृत्व चाहिएको हो, छिट्टै निष्कर्षमा पुग्ने जिम्मेवारी मतदाताको हो ।

प्रकाशित मिति : पुष १२, २०८० बिहीबार  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]