बैशाख २२, २०८१ शनिबार

शिवसताक्षी १ का सुत्केरीलाई पोषणयुक्त खानेकुरा

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ वडाका १५ जना सुत्केरीहरुलाई सुत्केरी महिलाहरूलाई पौष्टिक तत्वयुक्त खानेकुरा वितरण गरिएको छ । वडाले सुत्केरी आमा तथा नवजात शिशुको पोषणमा सुधार ल्याउन पौष्टिक तत्त्वयुक्त खानेकुरा र सरसफाइका सामग्री राखी वितरण गरेको हो ।

सुत्केरी पोषण कार्यक्रम अन्तर्गत वडाका सुत्केरीहरुलाई झुल, ध्यू, हर्लिक्सलगायतका सामाग्री वितरण गरेको हो ।
गएको श्रावण महिना यता सुत्केरी भएका महिलाहरुको स्वाथ्य ख्याल गर्दै उनीहरुलाई आवश्यक खाद्य पदार्थ वितरण गरेको वडाध्यक्ष लक्ष्मी जेम्जोङ्गले बताए ।

वडा कार्यालयमा सुत्केरी भएको जानकारी गराएका महिलाहरुलाई पहिलो चरणमा सुत्केरी पोषण वितरण गरिएको हो । वडा सचिव नन्दिकिशोर भट्टराईले भने, वडाले अब ३-३ महिनामा सुत्केरी पोषण वितरण गर्नेछ ।
हाल १५ जनालाई १ थान झुल, १ केजी घ्यू, १ थान हर्लिक्स, साबुन वितरण गरेको वडा नं. १ को कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : पुष १२, २०८० बिहीबार  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]