जेष्ठ ४, २०८१ शुक्रबार

सहकारीले नेतृत्व परिवर्तलाई प्राथमिकता देऊ

सम्पादकीय
देशभर अहिले बैंक तथा वित्तीय संस्थामाथि विभिन्न कोणबाट प्रश्नहरु उठिरहेका छन् । बचतकर्ताको बचत नै सुरक्षा नभएको सवाल जोडतोडका साथ उठिरहेको छ । वित्तीय संस्थाबाट आम सदस्यहरु सन्तुष्ट हुन सकिरहेका छैन । स्वभाविक रुपमा सबै सदस्यहरु सन्तुष्ट नहुन पनि सक्छन् । तर, औषतमा सदस्यहरु बढिभन्दा बढि नै सन्तुष्ट हुनुपर्छ । सदस्यमुखी संस्था भएकाले सहकारीहरु कुनै पनि हालतमा सञ्चालक अनुकुल सञ्चालन गर्न मिल्दैन । सदस्य अनुकुल सहकारीहरु सञ्चालन हुनुपर्छ ।

केहि दिनयता ठुला सहकारीहरुका बारेमा निरन्तर समाचार प्रकाशन भइरहेका छन् । सदस्यहरुको करोडौं बचत गैर सदस्यहरुले गैरकानुनी ढंगबाट कर्जा लिएको र नाफामुलक संस्थामा लगानी गरेको विषय बाहिर आएको छ । ठुला सहरमा सहकारीहरु खोल्ने र करोडौं रुपैयाँ बचत संकलन गरेर हिनामिना गर्ने, बचत फिर्ता नगर्ने जस्ता समस्याहरु आइरहेका छन् । बचतकर्ताको रकममा सञ्चालकहरुले व्यापार गर्ने प्रवृत्तिले सहकारीहरु समस्यामा परेका छन् । सदस्यहरुको बचत रकम सहकारी मापदण्ड अनुसार परिचालन नगर्दा समस्याको चाङ बढिरहेको छ ।

सहकारीको अर्को समस्या भनेको नेतृत्वमा सधैं एउटै व्यक्तिको अड्को पनि हो । संस्थामा सधैं पद ओगट्ने प्रवृत्तिले सहकारी समस्यामा छन् । दुई दशकसम्म एउटै व्यक्ति नेतृत्वमा रहिरहने कुराले संस्थागत विकासमा अवश्य अवरोध हुनेछ । झापाको सहारा नेपाल, एनएसमी जस्ता ठुला सहकारीले नेतृत्व परिवर्तन गरेर उदाहरण पेश गरेका छन् । अब ,अन्य सहकारीहरुले पनि नतेृत्व परिवर्तनलाई प्राथमिकता दिन सक्नुपर्छ । सधैं एउटै व्यक्ति नेतृत्वमा बस्ने, सदस्यहरुलाई संस्थाको भागेदार बन्न नदिने प्रवृत्ति अन्त्य हुनुपर्छ ।

प्रकाशित मिति : पुष १३, २०८० शुक्रबार  ११ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]