बैशाख २०, २०८१ बिहीबार

नयाँ पुस्ता लद्दु छैन, नयाँ पुस्ता फेल हुँदैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालबालिकालाई विशिष्ट व्यक्तित्वको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

चितवनको भीमोदय नमुना माध्यमिक विद्यालय पदमपुरको स्वर्ण महोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले कोर्सको साँघुरो अध्ययनमा मात्र सीमित नगराखेर विद्यार्थीलाई त्यो भन्दा बाहिरका विषय पनि सिकाउन आवश्यक रहेको बताउनुभयो । कोर्स भन्दा बाहिर सिक्ने र अपनाउने धेरै कुरा भएकोले त्यसमा बालबालिकालाई दक्ष बनाउन उहाँले शिक्षकहरूलाई आग्रह गर्नुभयो ।

योग्य नागरिक, सक्षम नागरिक, दक्ष नागरिक आफ्नो जीवन सहज ढङ्गले व्यतीत गर्न सक्ने, मानवीय भावना सहितको परिवार र समाजका लागि उपयुक्त व्यक्तित्व विद्यालयले निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘यहाँका उत्पादित विद्यार्थी विश्व प्रतिस्पर्धा गर्न सकुन्’, ओलीले भन्नुभयो ।

नेपालका विद्यार्थीले विश्वमा राम्रो गर्न नसक्ने कुनै कारण नरहेको ओलीले बताउनुभयो । विद्यार्थीको मनोबल उठ्ने शिक्षा नेपालका शिक्षण संस्थाले दिनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘विद्यार्थीहरू लद्दु छैनन्, ती असफल हुँदैनन्’, उहाँले भन्नुभयो ।

बालबालिकाको रुचि अनुसारको शिक्षा दिने हो भने त्यसमा उसले सफलता प्राप्त गर्ने उहाँले प्रष्ट पार्नुभयो । विद्यार्थी फेल हुने नभई परीक्षा प्रणाली, अभिभावक र शिक्षक फेल हुने ओलीले बताउनुभयो । ‘अघिल्लो पुस्ता फेल हुन्छन्, विद्यार्थीलाई फेल भन्छन्’, ओलीले भन्नुभयो ।

प्रकाशित मिति : पुष १३, २०८० शुक्रबार  ६ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]