बैशाख २२, २०८१ शनिबार

विद्यार्थीलाई सहाराको न्यानो कपडा र शैक्षिक सामग्री

बिर्तामोड । सहारा नेपाल साकोसले मेचीनगरका दुई वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडासहित शैक्षिक सामग्री वितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै सहाराले न्यानो कपडा वितरण गरेको हो ।

मेचीनगर– ४ को दिपेन्द्र प्रा.वि. र वडा नं. १ को देवि प्रा.विमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडासहित शैक्षिक सामग्री विरतण गरिएको सहाराका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए । उनले गरिव तथा विपन्न विद्यार्थीहरुलाई सामग्री वितरण गरिएको बताए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले बाहुन्डाँगी पुगेर उक्त सामग्री वितरण गरेको हो । सहाराले दिपेन्द्र प्राविका ८५ र देवि प्राविका ४१ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको जनाएको छ ।

कार्यकारी प्रमुख गिरी, निर्देशक लक्ष्मण खतिवडा, दिनेश बहादुर निरौलासहित पुगेको सहाराको टोलीले नागरिक समाज बाहुण्डाँगीका अध्यक्ष निलकण्ठ तिवारी, मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्की, वडा सदस्य पवन बराइली, गिता मगर, धनमाया कोईराला, नुर बहादुर कार्की, नेकपा एमाले वडा कमिटी अध्यक्ष तिर्थराज नेपाल, विद्यालयका जग्गादाता, चन्दादाता लगायतको सहभागितामा कपडा वितरण गरिएको थियो ।

प्रकाशित मिति : पुष १३, २०८० शुक्रबार  ७ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]