बैशाख २६, २०८१ बुधबार

वडाले दियो साइकल, घण्टी नबजी स्कुल पुग्ने भए विद्यार्थी

शिवसताक्षी । झापा शिवसताक्षी ४ का विपन्नका परिवारका छोरा छोरीहरुलाई साइकल वितरण गरिएको छ ।
वडाका जेहन्दार तथा विपन्न छात्र छात्राहरुलाई शिक्षा आर्जन गर्न जान सहज होस भन्ने उद्देश्यले कक्षा ९ देखि १२ सम्मका ११ जनालाई साइकल वितरण गरिएको हो ।

उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा र वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले उक्त साइकल प्रदान गरेका हुन् ।
साइकल प्रदान गर्दैै नगरप्रमुख थोप्राले विपन्न समुदायका छोरा छोरीहरुलाई शिक्षा आर्जन गर्न २ देखि पाँच किलोमिटर सम्म जानु पर्ने भएकाले साइकल प्रदान गरिएको बताए ।

वडा नं. ४ का विद्यार्थी जनआदर्श मावि शिवगञ्ज र त्रिभुवन माविमा अध्ययरत छन् । नगरप्रमुख थोप्राले भने, अब विद्यार्थी विद्यालय समयमै स्कुल पुग्नेछन् । उनले वडा नं. ४ ले विपन्न नागरिकलाई केन्द्रमा राखेर काम गरेको प्रशंसा योग्य भएको बताए ।

अध्ययनका लागि विद्यालय हिडेर जाँदा प्राय समयमा नपुग्ने गरेको छात्रा अस्मिता राजवंशीले बताइन् । हामी जहिले विद्यालय पुग्दा घण्टी बजिसकेको हुन्छ । हामीलाई विद्यालय जाँदा करिब ५ किमी हिडेर जानु पर्ने बाध्यता छ । सावरीसाधन किन्न हामीसँग पैसा छैन । उनले भनिन्, वडाध्यक्ष ज्यूले हाम्रो गुनासो सुनिदिनु भयो त्यसमा हामी खुसी छौं ।

साइकल प्राप्त गर्ने मध्ये ६ जना जनआदर्श मावि र ५ जना त्रिभुवन माविमा अध्यनरत रहेको वडाध्यक्ष विष्णुप्रसाईले जानकारी दिए । उनीहरुको अवस्था देखेर नै वडाले साइकल दिने निर्णय गरेको उनले बताए ।
वडा कार्यालयले हिजो पूर्ण अपाङ्ग तथा विपन्न परिवारका सदस्यहरुलाई न्यानो कपडा वितरण गरेको थियो ।

 

प्रकाशित मिति : पुष १३, २०८० शुक्रबार  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]