जेष्ठ ४, २०८१ शुक्रबार

झापामा विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्री गर्न नदिने

विर्तामोड । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले विद्यालय परिसरमा पाठ्यपुस्तक र कापीको गैरकानुनी बिक्री वितरण रोक्ने भएको छ ।

जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय परिसरमा पाठ्यपुस्तक र कापीको अवैद्य बिक्री वितरण रोक्ने निर्णय भएकोे नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाका वरिष्ठ उपाध्यक्ष सुमन खनालले जानकारी दिए । विद्यालय हाताभित्रै पाठ्यपुस्तकको गैह्रकानुनी बिक्री वितरण हुँदा नेपाल सरकारलाई कर तिरेर पुस्तौंदेखि व्यवसाय गर्दै आएका पुस्तक तथा स्टेशनरी व्यवसायी व्यवसायबाटै पलायन बनेको भन्दै यसलाई रोक्न व्यवसायी एकजुट भएका हुन् ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी जिल्ला कार्यसमिति झापाको शनिवार विर्तामोडस्थित कार्यालयमा सम्पन्न बैठकले पाठ्य पुस्तक तथा पाठ्य सामग्रीको कारोबार पुस्तक तथा स्टेसनरी व्यवसायीबाटै अनिवार्य खरिद विक्री गर्न सम्बद्ध पक्षसँग अनुरोध गर्ने निर्णय भएको छ ।

शिक्षा नियमावली २०५९ को नियम ३७ मा कुनै पनि विद्यालय हाताबाट शैक्षिक सामग्री विक्री वितरण गर्न नपाइने व्यवस्था छ । तर, झापाका केही स्थानीय तहका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा विद्यालय सञ्चालक, शिक्षक, कर्मचारीले पाठ्यपुस्तक तथा पाठ्य सामग्रीको नियम विपरीत विद्यालयबाटै बिक्री वितरण गर्ने गरेका छन् ।
यस्तै महासंघले गैह्रव्यवसायीलाई पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीको विक्रिबितरण गर्न नदिने पनि निर्णय गरेको छ । महासंघको सदस्यता लिएका व्यवसायीले मात्र आगामी शैक्षिकसत्र देखि पाठ्यपुस्तकको बिक्री बितरण गर्न पाईने महासंघ झापाले जनाएको छ । पाठ्यपुस्कतको विक्री बितरणका लागि महासंघको अनिवार्य सदस्यता अनिवार्य लिनुपर्ने निर्णय गरेको बरिष्ठ उपाध्यक्ष खनालको भनाई छ ।

महासंघले झापाका १५ वटै स्थानीय तह, सामुदायिक तथा संस्थागत विद्यालयमा परिपत्र गरि यस्तो गैह्र कानुनी कारोवार नगर्न नगराउन सम्बद्ध पक्षसँग अनुरोध गर्ने निर्णय गरेको महासंघका सचिव चन्द्रमणी घिमिरेले बताए । ‘महासंघ झापाको आज बसेको बैठकले जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक कर्मचारी र सञ्चालक जो कोहीबाट भएपनि विद्यालय हाताबाट पाठ्यपुस्तक र पाठ्य सामग्रीहरू बिक्री वितरण नगर्न अनुरोध गर्ने निर्णय भएको छ,’ सचिव घिमिरेले भने ।

बैठकले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाको सल्लाहकार समिति पनि गठन गरेको छ । महासंघका पूर्व अध्यक्ष समेत रहेका अधिवक्ता फडेन्द्रराज न्यौपानेको संयोजकत्वमा चार सदस्य सल्लाहकार समिति गठन भएको महासंङघ झापाले जनाएको छ ।

सो समितिको सदस्यमा चन्द्रमोहन उप्रेती, राजकुमार दाहाल र जीवन नेपाल चयन भएका छन् । यस्तै पुस्तक तथा स्टेशनरी व्यवसायीको निर्वाचन क्षेत्र स्तरिय ईकाइ समितिको संयोजक पनि चयन गरिएको छ ।

झापा १ बाट पछि मनोनयन हुने महासङघ झापाले जनाएको छ । समितिको क्षेत्र नम्बर २ बाट नन्दिकेशर घिमिरे, क्षेत्र नम्बर ३ बाट तीर्थ काफ्ले, क्षेत्र नम्बर ४ बाट दुर्गा घिमिरे र क्षेत्र नम्बर ५ बाट मनकुमार चौलागाईंलाई इकाई संयोजकको जिम्मेवारी प्रदान गरिएको महासंघ झापाका अध्यक्ष बिनोद सापकोटाले बताए ।

बैठकमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंंघका केन्द्रीय सदस्य रविन बराल, प्रदेश बरिष्ठ उपाध्यक्ष जीवन नेपाल, उपाध्यक्ष राजकुमार दाहालको पनि उपस्थिती थियो । बैठक महासंघका अध्यक्ष सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : पुष १४, २०८० शनिबार  ६ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]