जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोडमा सरकार विरुद्ध अनेरास्ववियुको प्रदर्शन

बिर्तामोड । अनेरास्ववियुका बिद्यार्थीहरुले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् । अनेरास्ववियु विर्तामोड नगर कमिटीले आज साँझ झापाको बिर्तामोडस्थित मुक्तिचोकमा विरोध प्रदर्शन गर्दै राजीनामा मागेका हुन् ।

शुक्रबार काठमाण्डौंमा दुई युवा प्रहरीद्वारा मारिएको विरोधमा अनेरास्ववियु बिर्तामोड नगर कमिटीले विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री प्रचण्ड तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको जिल्ला इञ्चार्ज रोशन लामाले जानकारी दिए । उनीहरुले देशमा रोजगार नभएर विदेश जान लागेका युवाहरुको निर्मल हत्या र त्यसपछिको आन्दोलनमा भएको दमनले सरकारको निरीहता प्रदर्शन भएको बताएका थिए ।

सरकार एक वर्षे उपहार, युवाको छातीमा गोली प्रहार भन्दै विद्यार्थीहरुले नारावाजी गरेका हुन् ।

प्रकाशित मिति : पुष १४, २०८० शनिबार  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]