जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोड वाणिज्य संघको सदस्यमा खत्रीले उम्मेदवारी दिने

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा ढुवानी व्यवसायी निर्मल खत्रीले उम्मेदवारी दिने भएका छन् ।

निर्वाचनको मिति नजिकिंदै गइरहेका बेला व्यवसायी खत्रीले सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
व्यवसायी खत्रीले स्वतन्त्र रुपमा सदस्यमा उम्मेदवारी दिने बताए । आफु बिर्तामोडमा वर्षौं देखि ढुवानी व्यवसाय सन्चालन गर्दै आएको भन्दै यस क्षेत्रको प्रतिनिधित्व हुने गरि वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिन लागेको बताए ।

सदस्यमा आफ्नो जीत सुनिश्चित रहेको भन्दै खत्रीले यस पटक व्यवसायी र बजारको हित हुने गरि काम गर्न सक्ने क्षमतावान उम्मेद्वारलाई भोट दिन सबैलाई आग्रह समेत गरेका छन् ।

यसअघि वाणिज्य संघमा चुनाव जितेर नेतृत्वमा आउनेहरुले व्यवसायीको हितमा कुनै पनि काम नगरेको व्यवसायी खत्रीको आरोप छ ।

ढुवानी क्षेत्रका अर्का व्यवसायी हेमराज अधिकारीले वाणिज्य संघको निर्वाचनमा खत्रीलाई सबैको साथ सपोर्ट रहेको बताए । उनले ढुवानी व्यवसायीको प्रतिनिधिका रुपमा खत्रीलाई अघि बढाइएको बताएका छन् । व्यवसायी खत्री सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय रहेका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन मिति घोषणा भएसँगै चुनावी गतिविधि बढेको छ । संघका वर्तमान महासचिब अर्जुनकुमार मैनाली अध्यक्ष पदमा औपचारिक उम्मेदवार घोषणा गरेर चुनावी मैदानमा होमिएका छन् ।
वाणिज्य संघको निर्वाचन फागुन १४ गते तय गरिएको छ ।

प्रकाशित मिति : पुष १४, २०८० शनिबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]