जेष्ठ ४, २०८१ शुक्रबार

नेल्टा झापाको अध्यक्षमा प्रकाश पराजुली

बिर्तामोड । अंग्रेजी भाषा शिक्षकहरूको सङ्गठन नेल्टा झापाको हालै सम्पन्न जिल्ला सम्मेलनबाट प्रकाश पराजुलीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ । नवगठित जिल्ला समितिको उपाध्यक्षमा भोजप्रसाद भट्टराई, सचिव केशव उप्रेती, सहसचिव संगीता बस्नेत र कोषाध्यक्षमा वत्सल भट्टराई चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा पुण्यमाता खतिवडा, तारा लाबुङ, अनुप शर्मा, खेमराज आचार्य ,समीक्षा गौतम, राजेन्द्र अधिकारी, दिपेन लिम्बु ,दीपक शर्मा वाग्ले, रामप्रसाद पराजुली र अमिर कुमार तिम्सिना रहेका छन् ।

सम्मेलनले नेल्टा झापाका निवर्तमान अध्यक्ष धर्मेन्द्र भट्टराईको संयोजकत्वमा पाँच सदस्य सल्लाहकार समिति समेत गठन गरेको छ । समितिका सदस्यहरूमा केशव प्रसाद मैनाली ,रुद्रबहादुर थापा, टिका प्रसाद सुवेदी र जेनी राई रहेका छन् । शनिबार बिर्तामोडमा आयोजित एक समारोहका बीच निवर्तमान अध्यक्ष धर्मेन्द्र भट्टराईले नवनिर्वाचित अध्यक्ष प्रकाश पराजुलीलाई माइनेट हस्तान्तरण गरी जिम्मेवारी दिइएको छ ।

सात वर्षअघि पहिलोपटक झापामा नेल्टाको गठन भएको थियो । दुई कार्यकालसम्म लगातार धर्मेन्द्र भट्टराईको नेतृत्वमा नेल्टा झापाले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो । नयाँ नेतृत्व चयनका लागि नेल्टा झापाले तेस्रो जिल्ला सम्मेलनको आयोजना गरी नवनिर्वाचित कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
बिर्तामोडस्थित एभरेस्ट स्मार्ट एजुकेसन फाउन्डेसनमा आयोजना गरिएको सम्मेलनमा नेपालका सुप्रसिद्ध लेखक तथा अंग्रेजी शिक्षकका प्राध्यापक प्रोफेसर डक्टर विष्णु सिंह राईको प्रमुख आतिथ्यता रहेको थियो भने नेल्टा कोशी प्रदेशका अध्यक्ष गुणराज नेपाल प्रमुख वक्ताको रुपमा रहेका थिए ।

यसैगरी कार्यक्रममा प्राध्यापक उषा किरण वाग्ले र जेनी राईले विशेष सेसनहरू प्रस्तुत गरेका थिए । नेल्टा झापाका अध्यक्ष तथा केन्द्रीय सदस्य धर्मेन्द्र भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी नेल्टाका केन्द्रीय सदस्य केशव भट्टराई नेल्टा कोशी प्रदेशका महासचिव रविन बराल इलाम शाखाका उपाध्यक्ष तीर्थमान राई एभरेस्ट स्मार्ट स्कुलका प्रिन्सिपल अनुप शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

झापाका सरकारी तथा संस्थागत विद्यालय क्याम्पस तथा कलेजका अङ्ग्रेजी शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको उक्त सम्मेलनको सञ्चालन केशव उप्रेती र संगीता बस्नेतले गरेका थिए । सम्मेलनलाई जेनुइन कन्सल्टेन्सी एण्ड भिसा सर्भिसले प्रमुख प्रायोजन गरेको थियो भने एभरेस्ट स्मार्ट स्कुल बुट्टाबारी, इन्द्रचन्द्र क्याम्पस बिर्तामोड ,इकोहोम कलेज बिर्तामोड र एन प्याप्सन झापाको सहयोग रहेको थियो ।

प्रकाशित मिति : पुष १४, २०८० शनिबार  ८ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]