बैशाख २४, २०८१ सोमबार

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

दमक – झापाको दमकमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । इलामको माङसेवुङ गाउँपालिका– ४ घर भई हाल दमक नगरपालिका– २ मा बस्दै आएका धनबहादुर विश्वकर्माले खुकुरी प्रहार गरी आफ्नै ६० वर्षीया श्रीमती इन्द्रकुमारी विश्वकर्माको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शनिवार दिउँसो २ बजेको समयमा दमक– २ स्थित मखमली टोलमा कृष्ण विश्वकर्माको घरमा बस्दै आएका धनबहादुरले घरायसी झगडाको क्रममा श्रीमती इन्द्रकुमारीमाथि खुकुरी प्रहार गरेका थिए । टाउको, शरीरभरि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटना घटे लगतै इलाका प्रहरी कार्यालय दमकले खुकुरीसहित धनबहादुरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रकाशित मिति : पुष १४, २०८० शनिबार  १० : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]