जेष्ठ ५, २०८१ शनिबार

शिक्षक संगठन कोशीको अध्यक्षमा ताप्लेजुङका महेन्द्र गौतम निर्वाचित

विराटनगर : नेपाल राष्ट्रिय शिक्षक संगठन कोशी प्रदेशको अध्यक्षमा महेन्द्र प्रकाश गौतम निर्विरोध निर्वाचित भएका छन् । पुस १३ र १४ गते विराटनगरमा सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट ताप्लेजुङ गौतम अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनबाट समावेशी उपाध्यक्षमा संखुवासभाका गोविन्दमान तामाङ, महिला उपाध्यक्षमा झापाकी अम्विका खवास बास्तोला र खुल्ला उपाध्यक्षमा खोटाङका कुमार पराजुली निर्विरोध निर्वाचित भएका छन् ।

महासचिवमा उदयपुरका दिलबहादुर फुयाल निर्वाचित भएका छन् भने उपमहासचिवमा मोरङका छविलाल धिमाल निर्वाचित भए ।

यस्तै सचिवमा इलामका गंगा तिम्सिना, कोषाध्यक्षमा सुनसरीका प्रभुनारायण चौधरी र सहकोषाध्यक्षमा भोजपुरकी करिष्मा श्रेष्ठ निर्वाचित भएकी छन् । अधिवेशनले सर्वसम्मत ४३ सदस्सीय प्रदेश समिति चयन गरेको छ ।

प्रकाशित मिति : पुष १५, २०८० आईतबार  ६ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]