जेष्ठ ४, २०८१ शुक्रबार

राहत होइन, रोजगारी देऊ

सम्पादकीय
हरेक दिन अन्तराष्ट्रिय विमानस्थलमा देखिने युवाहरुको भीडले मुलुकलाई कमजोर बनाइरहेको छ । देश धनी नभएसम्म नागरिक धनी हुन सक्दैनन् । नागरिक दीगो रुपमा धनी हुनलाई देश धनी हुनु नै पर्छ । अहिले नेपालले उर्जाशिल उमेर समूह गुमाउदै गइरहेको छ । बढ्दो युवा पलायनले देशमा एउटा ठुलो खाडल बनाइरहेको छ । देशमा श्रमशक्ति विदेश पलायन बढिरहेको छ । देशमा काम गर्ने वातावरण नभएको स्पष्ट भइसक्यो । शुक्रवार ललितपुरको बालकुमारीमा भएको आन्दोलन कोरिया जानका लागि परीक्षामा सहभागी हुन पाऊ भन्ने माग मात्र थियो ।

बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर प्रदर्शन भएको थियो । देशमा युवाहरुले रोजगारी नपाएर अर्को देशमा रोजगार गर्न जान्छौं भन्दा समेत सरकारले गोली वर्षायो । राज्यको आतंकले सीमा नाघेको छ । देशमा युवालाई बाँच्ने आधार चाहिएको छ । तर, सरकारले त्यस प्रकारको आधार खोज्ने युवाहरुलाई गोली हान्दै लडाइरहेको छ । आन्दोलनमा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको गोली लागेर मृत्यू भयो ।

सरकारले युवालाई आफ्नै देशमा गरिखाने वातावरण बनाउन सकिरहेको छैन । मुलुकमा अहिले कांग्रेस नेतृत्वको सत्ता गठबन्धन छ । प्रचण्ड नेतृत्वको सरकार छ । युवाहरुमा निराशा बढेर पयालन दर बढिरहेको छ । गरेर खान सक्ने अवस्था छैन । यो सरकारेले देशलाई बर्बाद बनाइसक्यो । युवालाई देशमै रोक्न सक्ने योजना निर्माण गर्नुपर्नेमा उल्टै गोली हानेर सबै सपनाहरु तुहाउने काम गरिरहेको छ । रोजगार गर्नेलाई राज्यको कुनै पनि तहबाट आर्थिक सहायता छैन । बैंक तथा वित्तीय संस्थाले काम गर्ने युवाहरुलाई सहयोग गर्ने स्थिति छैन । सरकारले मृत्यू पश्चात १० लाख राहत दिने का गरिरहेको छ । बरु, त्यो सोचको अन्त्य गरेर गरिखाने युवाहरुलाई ५÷५ लाख सुविधा दिने योजना बन्नुपर्छ । तब मात्र देशमा युवाहरुलाई रोक्न सकिन्छ ।

प्रकाशित मिति : पुष १५, २०८० आईतबार  ७ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]