जेष्ठ ४, २०८१ शुक्रबार

समाज उद्धार कल्याण संघको साधारणसभा

इन्द्रकुमार राई

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ७ स्थित समाज उद्धार कल्याण संघको २५ औं बार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा अर्जुनधारा जलेश्वरधामका मुल अर्चक अग्नि प्रसाद सिग्देलले साधारणसभाको उद्घाटन गरेका हुन् ।

संघद्वारा अर्जुनधारा खेलमैदान (संस्थाको कार्यालय) मा आयोजित साधारणसभामा संस्थाको तर्फबाट अध्यक्ष धर्मानन्द गुरागाईले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिव मेदनीप्रसाद ढुंगेलले आर्थिक बर्ष ०७९÷ ०८० को आयव्यय प्रस्तुत गरेका थिए । मंसिर मसान्तसम्म १ लाख १३ हजार ३० रुपैयाँ आम्दानी र खर्चतर्फ ४५ हजार २ सय ७५ रुपैयाँ रहेकोमा बाँकी बचत ६७ हजार ७ सय ५५ रुपैयाँ संस्थाको विभिन्न खाताहरु राष्ट्रिय वाणिज्य बैंक विर्तामोडमा ३ हजार रुपैयाँ, एनएमसी शनिश्चरे शाखामा ६२ हजार २ सय ५५ रुपैयाँ र सचिवालय कार्यालयमा २ हजार ५ सय रुपैयाँ जम्मा गरिएको प्रतिवेदन उल्लेख छ ।

सोही अवसरमा ८४ बर्ष माथिका संस्थाका २३ जना जेष्ठ सदस्यहरुलाई नगदसहित रुद्राक्षको माला लगाइदिएर सम्मान गरिएको संघका उपाध्यक्ष हरिभक्त बरालले जानकारी दिए । सम्मानित हुनेहरु रविलाल पाण्डे ,कुलप्रसाद पौडेल ,देवीप्रसाद लुइँटेल ,कुलदेव पौडेल, विष्णुमाया लुइँटेल ,पद्मा देवी खरेल, राम बहादुर राई, रामकुमारी शिवाकोटी, जित बहादुर माझी, बालकुमारी निरौला, दुर्गा बहादुर बस्नेत, जानुका बुढाथोकी, केबल कुमारी न्यौपाने, बिष्णु माया बस्नेत, जहरमान लुवा, मनमाया लुवा, हर्कमाया दाहाल, हुमादेवी अधिकारी, तुलाराम राई लगायत २३ जना रहेका छन् । सम्मानित हुने सबै जनालाई मिष्ठान्न भोजन गराइएको थियो ।

कार्यक्रमबीच स्थानीय कलाकारहरु जान्हवी घिमिरे, चन्द्रकला घिमिरे र साथीहरूले बिकासको मुल फुटाऔं भन्ने गीत प्रस्तुत गरेका थिए । त्यस्तै अपेक्षा धितालले एकल नृत्य र बाल कलाकारहरु ओसन गुरागाई,दिक्षिता शिवाकोटी र संकृति घिमिरेले सामुहिक मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेका थिए भने सिर्जना बाल युवा क्लबका कलाकार रोजिना थापा, एलिसा बस्नेत, अस्मिता पोखरेल र साथीहरूले परम्परा संस्कृति झल्कने रमाइलो नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा साँस्कृतिक विभागकी संयोजक अमृता चापागाईं र सिर्जना बाल युवा क्लबकी अध्यक्ष शर्मिला न्यौपानेले कविता वाचन गरेकी थिइन् ।

संघका अध्यक्ष गुरागाईको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि सिग्देलले शुभकामना राख्दै हिन्दू धर्मग्रन्थ अनुसार ८४ पूजाको महिमा बारे बताए । उनका अनुसार ८४ बर्ष पार गर्नु भएका बुवा –आमाहरुलाई सम्मान–पूजन गरेमा तिर्थ धाम गएर दर्शन गरेको भन्दा धेरै गुणा फलदायी हुनेछ । कार्यक्रममा अर्जुनधारा जलेश्वरधामका उपाध्यक्ष भिमचन्द्र भट्टराई , कल्याण संघका सल्लाहकार सदस्य कमल गुरागाई , वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : पुष १५, २०८० आईतबार  ६ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]