जेष्ठ ४, २०८१ शुक्रबार

चिसो बढ्यो, सावधानी अपनाऔं

सम्पादकीय

केहि दिनअघिसम्म पुसमा के सारो अचाक्कली घाम भन्दै गरेको सुनिन्थ्यो । पुसमा पनि जाडो भएन जस्ता प्रसंगहरु सुन्न पाइन्थ्यो । तर, केहिदिन देखि शितलहर सुरु भएको छ । बल्ल पुसको आभास भयो । अब, चिसोबाट जोगिन तर्फ लागौं । चियोयाम स्वास्थ्यका लागि प्रतिकुल पनि छ । यसबाट सुरक्षित हुनुपर्छ । चिसोमा स्वास्थ्य समस्या र यात्रामा कठिनाई हुन्छ । दुवै पक्षलाई ख्याल गरेर दैनिकीलाई व्यवस्थापन मिलाउनुपर्छ । झापामा मात्र होइन, देशभर तापक्रम घटेको छ । तराई भेगमा हुस्सु कुहिरो र शीतलहर चलिरहेको छ । अझ, विहान र रातको समय चिसोले धेरै प्रभावित बनाउने गरेको छ ।

बढ्दै गइरहेको चिसोले जनजीवन प्रभावित हुने निश्चित छ । त्यसका लागि सतर्कता अपनाउनु बाहेक अर्को विकल्प छैन । चिसो मौसम भन्नासाथ विभिन्न रोगहरुको जोखिम रहन्छ । विशेष गरेर न्यानो आवाश र खानपिनको अभाव हुने वर्गका लागि जाडो याम एउटा ठूलो चुनौती बन्न सक्छ । त्यसैले पनि सडकहरुमा अहिले कपडा बैंकका स्टलहरु देख्न पाइन्छन् । चिसोमा मौसममा फोक्सोसम्बन्धी रोगको जोखिम पनि बढी हुन्छ । चिकित्सकहरुका अनुसार जाडो याममा छिट्टै श्वासप्रश्वासको समस्या र छातीमा संक्रमण हुने भएकाले निमोनिया, दम आदिजस्ता रोगले आक्रमण गर्ने सम्भावना बढी हुन्छ ।

चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउनुपर्ने हुन्छ । चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बलजस्ता न्यायो कपडा ओढ्न सकिन्छ । यो बेलामा अनावश्यक रुपमा घरबाहिर खुला स्थानमा धेरै समय बस्न हुदैन । अधिकतम तातो खानेकुरा तातोपानी पिउनसमेत जोड दिनुपर्छ । यात्राका क्रममा विशेष ख्याल गर्नुपर्छ । तातोका लागि प्रयोग गरिने विद्युतीय सामग्रीमा पनि विशेष ख्याल गर्नैपर्छ ।

प्रकाशित मिति : पुष १६, २०८० सोमबार  ९ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]