जेष्ठ ५, २०८१ शनिबार

डिल्लीराज माविको प्रअ र जिन्सी शाखामा तालाबन्दी

बिर्तामोड । झापा गाउंपालिकामा रहेको डिल्लीराज माविमा शिक्षकहरुले तालाबन्दी गरेका छन् ।

आज विहान ११ बजे शिक्षकहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेका हुन् ।
प्रअ बिरेन्द्र प्रसाद गुप्ता र जिन्सी शाखामा तालाबन्दी गरिएको शिक्षक प्रतिनिधि एकनारायण गणेशले जानकारी दिनुभयो ।

शिक्षकहरुले विद्यालयमा बढ्दो वेथिती अन्त्य गर्न माग गर्दै आएका छन् । उनीहरुले विद्यालयका प्रअ गुप्ता विरुद्द अख्तियारमा परेको मुद्दाको तत्काल छिनोफानो हुनुपर्ने माग राखेका छन् । सर्वपक्षीय भेला र अविभावक भेलाको माग गर्दै शिक्षकले तालाबन्दी गरेका हुन् । विद्यालयमा पठनपाठनमा भने कुनै अवरोध नभएको बुझिएको छ ।

शिक्षकहरुले विव्यस अध्यक्ष कलाम शेखको उपस्थितिमै तालाबन्दी गरेका हुन् ।

प्रकाशित मिति : पुष १६, २०८० सोमबार  १२ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]