बैशाख १७, २०८१ सोमबार

सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशलाई हराउँदै कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज सोमवार भएको दोस्रो क्वालिफायरमा

सुदूरपश्चिमले दिएको ८९ रनको लक्ष्य कोशीले १३ ओभरमा १ विकेट गुमाएर भेटायो । कोशीका लागि काजल श्रेष्ठले नट आउट ३८ रन बनाइन् । यस्तै कप्तान रुबिना क्षेत्रीले ३७ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउदले १ विकेट लिइन् ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८८ रन बनायो । सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाइन् । बलिङतर्फ कोशीकी सङ्गीता राईले २ विकेट लिइन् ।

अब कोशीले उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ । फाइनल खेल पर्सि बुधवार त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : पुष १६, २०८० सोमबार  २ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]