बैशाख २२, २०८१ शनिबार

मेचीनगरमा सधैं तनाव, हाकिमबाटै मेयरमाथि दुर्व्यवहार

बिर्तामोड । झापाको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीमाथि ‘दुव्र्यवहार’ भएको घटना सेलाउन नपाउदै नगर प्रमुखमाथि दुव्र्यवहार भएको घटना बाहिरिएको छ ।

नगर प्रमुख गोपाल बुढाथोकीमाथि प्रमुख प्रशासकीय अधिकृत रेग्मीले दुव्र्यवहार गरेको आरोप लागेको छ । नगर प्रमुख बुढाथोकीमाथि दुव्र्यवहार गरेको भन्दै स्थानीय युवा विद्यार्थी आन्दोलित भएका छन् । आज विहान रेग्मीले मेयर बुढाथोकीमाथि दुव्र्यवहार गरेको घटना सार्वजनिक भएसँगै मेचीनगर दिनभर तनावपूर्ण बनेको थियो ।

मेयर बुढाथोकीलाई अभद्र व्यवहार गरेपछि स्थानीय आक्रोसित बनेका थिए । माहोल तनावपूर्ण बनेपछि प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई प्रहरीले आफ्नै गाडिमा राखेर नगर बाहिर लगेको थियो । सूचना अनुसार रेग्मीलाई तत्काले जिल्ला प्रशासन कार्यालय लगिएको थियो ।

केहिदिन यता मेचीनगरमा नदीजन्य वस्तुको उत्खनन् विषयले तनाव भइरहेको छ । खोला ठेक्का नलगाउने, अघिल्लो आवमा ठेक्का लिएका कम्पनीहरुले उत्खनन् गर्न नदिने लगायतका समस्याले मेचीनगर तनावपूर्ण बन्दै गइरहेको छ । सेवाग्राहीले चाहेको छरितो सेवा नपाएपछि आम नागरिक, व्यवसायीहरु आक्रोसित बनेका छन् ।

असोज १ गतेबाट खोला खोल्नुपर्नेमा प्रमुख प्रशासकीय अधिकृतका कारण खुल्न नसकेको व्यवसायीहरुले आरोप छ । आर्थिक वर्ष ०७९-८० मा नगरले ठेक्का लगाउन नसक्दा करिव ७ करोड घाटा व्यहोर्नु परेको थियो । ०७८-७९ मा ठेक्का लिने कम्पनीहरुले समेत बाहिर स्टक गरेको नदीजन्य सामग्री विक्री गर्न नपाएको निर्माण व्यवसायी राजकुमार थापाले जानकारी दिए । उनका अनुसार नगरको लापरबाहीका कारण व्यवसायीले करोडौ नोक्सान व्यहोर्नु परेको छ । दुई दिनअघि थापाले हाकिम रेग्मीलाई दुव्र्यवहार गरेको आरोप लागेको थियो । थापाले भने, हाकिमले उल्टै सेवाग्राहीलाई दुख दिएका छन् । रेग्मीबाट कोहि पनि सन्तुष्ट हुन सकेका छैनन् । उहाँलाई कहाँ दुव्र्यवहार भयो, सीसी क्यामेरा हेर्दा हुन्छ, उनले थपे ।

जताततै विवादमा आउने प्रमुख प्रशासकीय अधिकृत रेग्मीले निर्माण व्यवसायी थापालाई उत्तेजित बनाउने गरी मोवाइलमा अन्तरवार्ता लिएको भिडियो समेत सार्वजनिक भइसकेको छ । आफ्नो काम नभएर तनाव छ, थापाले भने – उल्टै भिडियो गर्ने हाकिमको नियत के होला ? आफै बुझ्नुस् ।

यता, घटनाका प्रत्यक्षदर्शी एमालेका युवा नेता राजु कार्कीले मेयरमाथि हदैसम्मको अभद्र व्यवहार देखाएको बताए । उनका अनुसार कर्मचारीमा पनि प्रमुखमा हुनुपर्ने गुण रेग्मीमा पाउन सकिएन । उहाँले नगर प्रमुखमाथि गरेको व्यवहार खेदजनक छ ।

स्थानीय ट्याक्टर व्यवासयीहरुले रेग्मी जस्तो अराजक हाकिम अहिलेसम्म नदेखेको प्रतिक्रिया दिएका छन् ।
जनप्रतिनिधिहरु समेतले नागरिकको भावना अनुरुप काम गर्न नसकिरहेको आरोप लागिरहेको बेला मेचीनगर विभिन्न विवादमा मुछिरहेको छ ।

प्रकाशित मिति : पुष १६, २०८० सोमबार  ६ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]