जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोडमा एकाविहानै ग्याङ फाइट, खुकुरीसहित ४ युवा पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले भद्रपुर स्टेण्डबाट ४ जना युवालाई खुकुरीसहित नियन्त्रणमा लिएको छ । भद्रपुर स्टेण्डमा ग्याङ फाइट भएको सूचना लगत्तै पुगेको प्रहरीले घटनास्थलबाट युवाहरुलाई नियन्त्रण लिएको जनाएको छ । घटनास्थलबाट युवाहरुलाई नियन्त्रणमा लिई इप्रका बिर्तामोड लगिएको छ ।

झापा प्रहरीका अनुसार ४ जना युवालाई खुकुरीसहित नियन्त्रणमा लिइएको छ । घटनाको अनुसन्धान सुरु गरिएको बताइएको छ । प्रहरीले समयमै युवाहरु नियन्त्रणमा लिएका कारण ठुलो दुर्घटना टरेको छ । युवाहरुबीच गाडिभित्र झगडा सुरु भइसकेको स्थानीय प्रत्यक्षदर्शी बताउछन् ।

पक्राउ परेका युवाहरुको नामहरु खुलाइएको छैन । संभवतः उनीहरु बिर्तामोडमै अध्ययनरत कलेजका विद्यार्थीहरु हुन सक्ने प्रहरीको भनाई छ ।

प्रकाशित मिति : पुष १७, २०८० मंगलबार  ११ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]