बैशाख २४, २०८१ सोमबार

बिर्तामोडमा ‘ग्याङ फाइट’ : बदला लिन आउँदा प्रहरीको फन्दामा

बिर्तामोड । झापाको बिर्तामोडमा आज विहान खुकुरीसहित पक्राउ परेका युवाहरु बदला लिन आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भद्रपर स्टेण्डबाट प्रहरीले पक्राउ गरेका ४ जनामध्ये दुई जना बदला लिने नियतले भद्रपुरबाट बिर्तामोड आएको प्रहरीले जनाएको छ ।

बिर्तामोड प्रहरीले भद्रपुर–२ का १९ वर्षीय आदित्य राई , भद्रपुर–१ बस्ने २६ वर्षीय संजोक लिम्बू , सोही ठाउँका १८ वर्षीय दिपेश पुन मगर र २२ वर्षीय रोहन लिम्बूलाई नियन्त्रणमा लिएको थियो । रोहन र आदित्य भने कलेजमा फर्म भरेर जाने क्रममा प्रहरीको फन्दामा परेका हुन् । संजोग र दिपेशसँगै भेटिएका कारण उनीहरुलाई पनि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बुझिएको छ ।

संजोग र दिपेशले एकसाता अघि आफुहरुमाथि कुटपिट प्रहरीलाई बयान दिएका छन् । उनीहरुले त्यसैको बदला लिन विहानै कनकाई कलेज आएका थिए । तर, कलेजमा विद्यार्थीको संख्या धेरै भएकाले झगडा गर्न पाएन्न । कलेजबाट उत्तर तर्फ देवी स्कुल नजिक झगडा सुरु भएको थियो, एक प्रत्यक्षदर्शीले भने – यहाँ झगडा नगर भन्दै लखेटिएको थियो । उनीहरुलाई खेदाउदै गएका रहेछन् ।

खुकुरी लिएर बदला लिन आएका संजोग र दिपेश भागेर भद्रपुर स्टेण्ड पुगेका थिए । तर, खेदाउने अन्य विद्यार्थीहरुले उनीहरु चढेको छोटा हात्तीको चावी खोसेर नियन्त्रणमा लिइसकेका थिए । नियन्त्रणमा लिने युवाहरु प्रहरी आएको देखेर भागेपछि खुकुरी बोकेर गाडिमा बसेका युवाहरु पक्राउ परेका हुन् । प्रहरी समयमै पुगेका कारण ठुलो दुर्घटना हुन सकेन । स्थानीय भन्छन्, प्रहरीले ५ मिनेट ढिलो गरेको भए जे पनि हुन सक्थ्यो । खुकुरी लिएर झगडा गर्न आएका युवाहरुले ‘तर्साउन’ मात्रै आएको प्रहरीले बताएको बुझिएको छ ।

प्रहरीले उनीहरु सबैलाई हिरासतमा राखेर थप अनुसनधान गरिरहेको बुझिएको छ ।

प्रकाशित मिति : पुष १७, २०८० मंगलबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]