बैशाख २३, २०८१ आईतबार

बिर्तामोड वाणिज्य संघमा स्वतन्त्र प्यानलबाट निरौला र भट्टराईले उम्मेदवारी दिने

बिर्तामोड – उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरुको चर्चा सुरु भएको छ ।

निर्वाचन मिति नजिकिदै गइरहेको बेला अध्यक्ष पदका उम्मेदवार अर्जुन मैनालीको स्वतन्त्र व्यवसायीहरुको प्यानलबाट युवराज निरौला र गोमा भट्टराई पनि उम्मेदवार बन्ने चर्चा छ । कुन पदमा उठ्ने भन्ने हालसम्म टुंगो नलागे पनि दुवै जना निर्वाचनको तयारीमा जुटेको जनाईएको छ ।

न्यू मोबाइल एशोसोरिजका सन्चालक युवराज निरौला बिगत १६ वर्षदेखि बिर्तामोडमा व्यवसाय गर्दै आउनु भएको छ ।
सामाजिक क्षेत्रमा समेत सक्रिय निरौला नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड, मोवाइल एशोसिएसन बिर्तामोडको अध्यक्ष, शिक्षा सहकारीको लेखा संयोजक हुनुहुन्छ ।

निरौलाले बिर्तामोड उद्योग वाणिज्य संघ व्यवसायीक संस्था भएपनि हालसम्म व्यवसायीक मैत्री हुन नसकेको बताउनु भयो । बजारलाई व्यवस्थित र थप चलायमान बनाउन आफ्नो उम्मेदवारी आवश्यकता रहेको भन्दै यस पटक आफु उम्मेदवार बन्ने बताउनु भयो । आकांक्षी निरौलाले कुन पदमा उम्मेदवारी रहने भन्नेकुरा टुंगो लाग्न बांकी रहेको बताउनु भयो ।

व्यवसायी गोमा भट्टराईले पनि वाणिज्य संघको आगामी निर्वाचनमा उम्मेदवार बन्ने बताउनु भयो । भट्टराईले आफु के पदमा उठ्ने भन्नेकुरा टुंगो नलागेपनि चुनावको तयारीमा लागेको जानकारी दिनु भएको छ।

उद्योग वाणिज्य संघ बिर्तामोड व्यवसायीका समस्या भन्दा पनि स्वागत र विदाईका काममामात्रै लागेको भट्टराईको गुनासो छ ।

लामोसमय देखि प्रगती पुस्तक भण्डार सन्चालन गर्दै आउनु भएकी भट्टराई सामाजिक कार्यमा पनि परिचित हनुहुन्छ । भट्टराई महिला उद्ममी संघ झापाको संस्थापक अध्यक्ष, वीरता लेडी जेसीजको महासचिव हुंदै हाल नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडको उपाध्यक्ष, तारा नमस्ते वालग्रामकी कोषाध्यक्ष पदमा हुनुहुन्छ ।

चर्चामा रहेका यी दुवै नाम अर्जुन कुमार मैनालीको स्वतन्त्र व्यवसायिक प्यानलका उम्मेदवार हुन् । बिर्तामोड उद्योग वाणिज्य संघको निर्बाचन फागुन १४ का लागि तय गरिएको छ ।

प्रकाशित मिति : पुष १७, २०८० मंगलबार  ८ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]