बैशाख २७, २०८१ बिहीबार

धरमपुरमा इतिहासविद चेम्जोङ्गको सालिक अनावरण

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं १ स्थित धरमपुर चोकमा इतिहासविद् इमानसिह चेम्जोङको सालिक अनावरण गरिएको छ ।

इतिहासविद् स्व.इमानसिङ चेम्जोङको १२१औं जन्म जयन्तीको अवसरमा भाषाविद् चेम्जोङको सालिक शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेघाहाङ थोप्राले एक भव्य कार्यक्रमका बीच सोमबार सालिक अनावरण गरेका हुन ।
अनावरणका क्रममा नगरप्रमुख थोप्राले इतिहासकार स्व. इमानसिंह चेम्जोङले आफ्नो समुदाय तथा राष्ट्रलाई र्पुयाएको योगदानलगायतका विषयमा चर्चा गरेका थिए ।

सालिक निर्माण र सालिका निर्माण स्थलको संरचनामा १५ लाख ६० हजार ९सय ६६ रुपैयाँ खर्च भएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङ्गले जानकारी दिए । शालिका निर्माण लागि समितिले विभिन्न सहयोगी दाताहरुबाट रु २१ लाख ५२ हजार २ सय ५६ रुपैया संकलन गरेको थियो । जसमा शिवसताक्षी नगरपालिकाले विजुली बत्ती जडानका लागि ४० हजार सहयोग गरेको निर्माण समितिका संयोजक चेम्जोङले जानकारी दिए ।
हाल शालिक निर्माणका लागि खर्च भएर बचत ६ लाख ३१ हजार २सय ९० रुपैयाँ बचत रहेको संयोजक चेम्जोङले बताए ।

सालिक निर्माणका लागि प्राप्त रकमका आधारमा सहयोगी दाताहरूको शिला लेखन र दाताहरूलाई सम्मान पत्र र दोसल्लाले सम्मानित समेत गरिएको शालिक निर्माण समितिले जनाएको छ । दातादाताहरूबाट प्राप्त रकमको नामावली सहित खर्चको सम्पूर्ण विवरण समेटेर पुस्तिका नै प्रकाशन गरिएको संयोजक चेम्जोङले बताए ।
कार्यक्रमा जन्म जयन्तीको सन्दर्भमा इमानसिंह चेम्जोङको व्यक्तित्व र कृतित्वको विषयमा चर्चा परिचर्चा समेत गरिएको थियोे ।

इमानसिंह चेम्जोङ किराँत भाषाका विशेषज्ञ र किराँत इतिहासकारका धरोहर हुन् । इतिहासकार चेम्जोङको जन्मजयन्तीको अवसरमा पूर्वी पहाडी जिल्ला पाँचथरसँगै ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, झापा साथै उपत्यकाका विभिन्न ठाउँमा विविध कार्यक्रमको आयोजना गरी मनाइँछ ।

आज पठनपाठनमा आएको किराँत भाषा र लिपिको विकास एवम विस्तारमा उहाँको अतुलनीय योगदान रहेको पाइन्छ । उहाँको तस्बिर चित्राङ्कित हुलाक टिकट प्रकाशन गरी नेपाल सरकारले राष्ट्रिय प्रतिभाका रूपमा मान्यता दिएको छ । साथै नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित कक्षा १० को नेपाली किताबमा इमानसिंह चेम्जोङको जीवनी छापिएको छ ।

लिम्बू समुदायमा लेखनको महत्व बुझ्ने यस्तै थोरै व्यक्तिहरुमध्ये एक प्रमुख व्यक्ति हुन । भाषा संस्कृति जातिको पहिचान हो भने इतिहास मुहान हो । हुन पनि उनले आफ्नो सम्पूर्ण जीवन किराँती भाषा, संस्कृति र इतिहासको खोजीमा समर्पित गरे । यसर्थ पनि उनी मुलुककै निम्ति एक सम्मानित विभूति मानिएको छ ।

किराँत इतिहासकार तथा किराँत सिरिजङ्घा लीपि र भाषा–साहित्यका प्रचारक इमानसिंको जन्म बाबु मेघवरसिं र आमा दावापुहाङमाको छैटौँ सन्तानको रुपमा १ जनवरी सन् १९०४ मा दार्जिलिङको कालेम्पुङमा भएको थियो भने निधन ७१ वर्षको उमेरमा २०३३ साल असोज २२ गते भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार डाक्टर देवी क्षेत्री दुलाल,समाजसेवी टेकरत्न चेम्जोङ,साहित्यकार रविमान लम्जेल,शिवसताक्षी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ,वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदेन,समाजसेवी माधवप्रसाद भण्डारी ,नारायण थापा ,नगेन्द्र बोहरा ,चन्दवीर नेम्वाङ,धरमपुर बजार व्यवस्थापन समिति अध्यक्ष लिलाबहादुर जोशी ,शिक्षाप्रेमी प्रेम शेर्मा,सहकारीकर्मी विनोद ढकाल ,कुमार शंकर,साहित्य स्रष्टा बिराट किराती,समाजसेवी जयकुमारी चेम्जोङ लगायत सामाजिक व्यक्तित्वहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सालिक निर्माण समितिका सह–संयोजक दिलबहादुर लिम्बूले स्वागत गरेको कार्यक्रमको सञ्चालन भने सालिक निर्माण समितिका सचिव दुर्गाबहादुर चेम्जोङले गरेका थिए ।

प्रकाशित मिति : पुष १७, २०८० मंगलबार  ९ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]