बैशाख २४, २०८१ सोमबार

कार्यकर्ता रिहाईको माग गर्दै मेची राजमार्ग बन्द

झापा । पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित भएको छ ।

संघर्ष समितिले बुलेट किराती (अन्जेश राई) को रिहाईको माग गर्दै आज र भोलि मेची राजमार्ग बन्दको आह्वान गरेको हो । संघर्ष समितिले आह्वान गरेको मेची राजमार्ग बन्दका कारण झापादेखि इलाम, पाँचथर र ताप्लेजुङ जाने सार्वजनिक यातायातका सवारी साधन चलेका छैनन् ।

निजी तथा साना सवारीहरु संचालन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । सो स्थानमा आन्दोलनकारीहरु बिहानै सडकमा निस्किएर टायर बालेर सवारीसाधन बन्द गराउँदै हिँडेका छन् ।

सवारी साधन नचल्दा यात्रुहरु प्रभावित बनेका छन् । किरातीलाई गत पुष १ गते संघर्ष समितिले आह्वान गरेको यातायात बन्दका क्रममा इलामको मेची राजमार्गको जोर कलश खण्डमा पराल बोकेको पिकअप गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आगजनी सम्बन्धी मुद्धा दर्ता गरिएको उनलाई हिजो अदालतमा उपस्थित गराएको जनाइएको छ ।

प्रकाशित मिति : पुष १८, २०८० बुधबार  १२ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]