बैशाख २०, २०८१ बिहीबार

ओली किन पुगे बालुवाटार ?

काठमाडौं – राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ चार दलका नेताहरूसँग छलफल गरेलगत्तै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।

अब नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल हुनेछ । यसअघि आज बिहान कांग्रेस र माओवादीबीच छलफल भएको थियो । दुई दलको सहमतिअनुसार सत्तारुढ चार दलको बैठक बसेको थियो ।

प्रकाशित मिति : पुष १८, २०८० बुधबार  ७ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]