बैशाख ४, २०८१ मंगलबार

सम्पादकीय : सीमामा नेपाली सवारीलाई पनि पार्किङ निषेध गरियोस्

पूर्वी नाका काँकरभिट्टामा भारतीय सवारीलाई पार्किङ निषेध गर्ने निर्णय सकारात्मक छ । यो निर्णय जरुरी थियो । धेरै अगाडि हुनुपर्ने निर्णय ढिलै भए पनि भएको छ । यो निर्णय स्वागतयोग्य नै छ । भारतीय सवारीको भीडले कुरुप बनेको पूर्वी नाका काँकरभिट्टा अब फराकिलो पक्कै बन्नेछ । जसका कारण सुन्दर पनि देखिनेछ । पूर्वको मुख्यद्वार काँकरभिट्टा अस्तव्यस्त नै थियो । कम्तिमा पार्किङ निषेधले सामान्य त्यो समस्या हल हुने छ । भाडामा कुद्ने भारतीय सवारीको लाम नै लाग्ने गरेको थियो । आवतजावत मै समस्या भइरहेको एउटा समस्या आंशिक रुपमा हल भएको छ ।

काँकरभिट्टा सुन्दर देखिनुपर्छ । अन्य राष्ट्रबाट प्रवेश गर्ने मुख्यद्वार भएकाले यसमा विचार पु¥याउनै पर्छ । मेची भन्सार कार्यालय र इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई यस मामिलामा धन्यवाद दिनैपर्छ । विशेष गरी यस्ता कार्यमा पर्यटन कार्यालय र अध्यागमन कार्यालयले पनि चासो दिनुपर्ने हो । पर्यटक प्रवेश गर्ने वित्तिकै कुरुप देख्नु नेपालका लागि बेफाइदा हो । प्रवेश गर्नासाथ सुन्दर देखिएमा हरेक पर्यटकले सकारात्मक कुरा पनि गर्नेछन् । पर्यटकका लागि मात्र होइन स्थानीयलाई पनि आवत जावतमा समस्या भइरहेको थियो । बोर्डर रहेकाले त्यहाँ खाली पनि गराइनु पर्छ । संभावित दुर्घटना कम गर्न पार्किङ निषेध गर्नैपर्छ ।

भारतीय सवारीलाई पार्किङ निषेध गर्नु पहिलो कदम हो । अब नेपाली सवारी र अन्य साना सवारीलाई पनि निषेध गर्नुपर्छ । सिटी र अटोलाई पनि निषेध गरियो भने अर्थपूर्ण हुन्छ । भारतीय सवारीलाई मात्र निषेध गरेमा पूर्वाग्रह हुन सक्छ । यदि साँच्दै राम्रो बनाउने हो भने सीमा क्षेत्रमा कुनै पनि सवारीलाई पार्किङ गर्न दिन हुदैन । काँकरभिट्टामा गरिएको यो पहल सबै बजारमा लागु गर्ने हो भने मुहार नै बदलिन्छ । जिल्लाका ठुला बजारमा अहिले मुख्य समस्याका रुपमा रहेको पार्किङ व्यवस्थापनमा खासै चासो दिएको पाइदैन । काँकरभिट्टाको सिकाईलाई आत्मसाथ गरेर पार्किङ व्यवस्थापन गर्न जरुरी भइसकेको छ ।

प्रकाशित मिति : पुष ८, २०७६ मंगलबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]