जेष्ठ ६, २०८१ आईतबार

झापा आउने बसको ठगी : प्राइमको अनलाइन टिकट , अरनिमा यात्रा

बिर्तामोड । काठमाडौं – झापाका लागि अनलाईन बस टिकट लिएका यात्रुले ठगिएको गुनासो गरेका छन् । झापा चारआलीका रोहित बरालले अनलाइट टिकट काट्दा यातायात व्यवसायीले ठगी गरेको बताए ।

बरालले अनलाईन माध्यमबाट प्राइम एसी बसको टिकट लिएका थिए । आज विहान काठमाडौंबाट झापाका टिकट लिएका उनलाई अरनिको बसमा चढाइएको जानकारी दिए । प्राइम सुविधा सम्पन्न बस भएकाले त्यसै बमोजिम भाडा तिरेर टिकट लिए पनि सुविधा विनाको सामान्य अरनिको बसमा जवरजस्ती चढाएको बरालको भनाई छ । उनले अरनिको बा –०१–००६–२६९५ नम्बरको बसमा झापा पठाएको बताए ।

बरालसहित बसमा ३ जनाले टिकट लिएका थिए । एक जनासँग २ हजार , अन्य दुई जनासँग १७५० का दरले भाडा लिएको प्रमाण फेला परेको छ । एउटा बसका लागि टिकट गरेको अर्कै बसमा चढाइदिए, बरालले भने – यो सिधासिधी ठगी हो । यस सम्बन्धमा झापा ट्राफिकलाई कारबाहीका लागि उजुरी पठाइएको छ । काठमाडौंबाट नर्मल बसको भाडा १९५१ रुपैयाँ र एसी बसमा २२१० रुपैयाँ छ । चर, यात्रुहरुसँग प्राइमले मनपरी भाडा लिएको छ ।

प्राईमका सञ्चालक दिनेश श्रेष्ठले अरनिको बसमा चढाएर पठाएको साँचो भएको स्वीकार गरे । उनले केहि दिनअघि बस दुर्घटनामा परेको भन्दै टिकट बमोजिम नभई अर्को बसमा चढाएको बताए । उनले यात्रुहरु मारमा परेको भए आगामी दिनमा छुट व्यवस्था मिलाई दिने श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : पुष १९, २०८० बिहीबार  ५ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]