जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोडमा नगर पर्यटकीय महोत्सवको तयारी

बिर्तामोड । झापाको बिर्तामोडमा माघ ९ गतेदेखि ३० गतेसम्म बिर्तामोड नगर पर्यटकीय दोस्रो महोत्सवको आयोजना हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदको आयोजनामा महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

आदिवासी जनजातिको मौलिक कला, संस्कृतिको जगेर्ना गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको महासंघ बिर्तामोडका अध्यक्ष राजकुमार राजवंशीले जानकारी दिए । उनले महोत्सवले आदिवासी समुदायको कला संस्कृतिको जगेर्नाका साथै मौलिक खानपान र पहिरनको प्रवद्र्धमा सहयोग पुग्ने बताए ।

अध्यक्ष राजवंशीले लोप हुँदै गएको कला, संस्कृति र पहिचानको संरक्षण नै महोत्सवको मुख्य उदेश्य भएको बताए । धर्मकाटा रोडको उत्तर भागमा महोत्सव आयोजना हुने भएको छ ।

१५० स्टल रहने महोत्सवमा जातीय कला, संस्कृतिको प्रदर्शनीसँगै मनोरञ्जन र हरेक दिन राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । २२ दिनसम्म चल्ने महोत्सवभित्र हरेक समुदायको एक-एक स्टल रहनेछन् ।

महासंघका उपाध्यक्ष दिपेन्द्र चौधरीले हरेक दिन आदिवासी, जनजाति समुदायको कला, संस्कृतिसँगै खानपान र पहिरनको प्रदर्शनी रहने जानकारी दिए । नयाँ पिढीलाई आफ्नो समुदायको कला, संस्कृति, भेषभुषा बारे जानकारी दिन पनि महोत्सवको प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : पुष १९, २०८० बिहीबार  ७ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]