जेष्ठ ४, २०८१ शुक्रबार

ज्ञानेन्द्रको भोक

सम्पादकीय
देशमा अहिले वर्तमान नेतृत्वको कमजोरीमाथि टेकेर राजाको नाममा प्रचारवाजी गरिदैछ । देशमा अहिले कुनै राजा छैन । पूर्वराजा अर्थात एउटा पूर्वराज परिवारका सदस्यहरु मात्रै छन् । देशको राजनीतिक कमजोरीको फाइदा उठाउदै कहिले दुर्गा प्रसाईहरु त कहिले राजावादीका नाममा राजनीति गर्नेहरु ‘राजा आऊ, देश बचाऊ’ को नारा लगाइरहेका छन् । यो नारा केवल निराश जनतालाई आफ्नो पक्षमा बनाउने नारा मात्रै हो । नेपालमा अब कुनै राजा आउने छैनन् । बरु, भएका राजावादीहरु विस्तारै कमजोर भएर जानेछन् । उनीहरुमाथि विश्वास टुटेर जानेछ ।

देशले राजा नपाएको होइन । देशमा राजाले शासन पनि गरेकै हुन् । राजाको शासन वेठिक भएकै कारण जनताले पदच्यूत गरेका हुन् । राजावादी नेताहरु, जो हिजो राजाकालमा राजाको सहयोगीको भूमिकामा थिए । अहिले पनि उनीहरुलाई राजाको वरिपरि रहिरहने मन छ । पछिल्लो पुस्तालाई राजाको कुनै खाँचो छैन । आप्mनै परिवारबाटै नेतृत्वको काम भइरहेको छ । मुलुक नै ज्ञानेन्द्र शाहको जस्तो गरेर भ्रममा पार्ने काम चलिरहेको छ । हुनतः पछिल्लो समय विभिन्न भ्रम छरेर जनता भेला गरेको देखेर ज्ञानेन्द्र शाहलाई पनि लोभ लाग्दो हो । त्यहि लोभका कारण सार्वजनिक भइरहने उनको भोक जाग्दो छ ।

ज्ञानेन्द्र शाहले बुझ्नै पर्ने विषय भनेको नेपाली जनताले कुनै राजा चाहेका छैनन् । मात्र, राजनीति गर्नका लागि प्रयोग भइरहेको छ । दुर्गा प्रसाईहरुको भेला पनि ज्ञानेन्द्र शाहको नाम भजाएकै कारण भएको हो । अलिअलि निराश भएकाहरु राजाको नाममा बल्छी थाप्ने काम चलिरहेकै छ । शाहले ढुक्क भए हुन्छ, देशमा कुनै राजाको पुनरोदय हुन सक्दैन । बरु, आफ्नो व्यापार र परिवारको राम्रो बन्दोवस्त गरेर शान्तिसँग बसिरहनु नै उत्तम विकल्प हुनेछ । अर्को, देशमा अहिले नेतृत्व गर्नेहरुकै कमजोरीका कारण ठुलो स्वरमा ज्ञानेन्द्र बोल्न थालेका छन् । यदि चुप बसाउने हो भने आफुलाई राजाको ठाउँमा राख्नेहरुले जनसेवा प्रभावकारी बनाउनुपर्छ । तीन तहको सरकार ठिक ढंगले जनताको हितमा परिचान हुने हो भने कुनै ज्ञानेनद्रहरु बाहिर निस्किने साहस गर्ने छैनन् ।

प्रकाशित मिति : पुष २०, २०८० शुक्रबार  ७ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]