बैशाख २२, २०८१ शनिबार

झापाको बाहुनडाँगीमा तरुल उत्सवको तयारी

झापा, २१ पुस : झापाको बाहुनडाँगीमा स्थानीय बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बालीको विस्तार गर्ने उद्देश्यले ‘दोस्रो मेचीनगर तरुल उत्सव’ हुने भएको छ । आगामी माघ १ गते मेचीनगरमा तरुल उत्सव हुन लागेको हो ।

मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुन कार्कीले वडाले गत वर्षदेखि उत्सवको आयोजना गर्न थालेको बताउनुभयो । परम्परागत रूपमा सबै समुदाय र भूगोलका नेपालीले खाने तरुलका विभिन्न प्रजाति उत्सवमा प्रदर्शनी गरिने उहाँले जानकारी दिनुभयो । “हाम्रा परम्परागत खानेकुरामा तरुलको ठूलो महत्व छ ।

मानव जातिले जङ्गली जीवनदेखि नै तरुल, गिठ्ठा र भ्याकुर खाएर सभ्यतालाई अघि बढाएका थिए”, वडाध्यक्ष कार्कीले भन्नुभयो, “हामीले अग्र्यानिक र ग्रामीण खानेकुराको संरक्षण र प्रचारमा सबैको ध्यान जाओस् भनेर उत्सवको आयोजना गरेका हौँ ।” उहाँले कमल गाउँपालिका–२ समयगढका किसान कर्णबहादुर गुरुङले फलाएको एउटै १६ केजीको सिमल तरुल समेत प्रदर्शनमा राखिने जानकारी दिनुभयो ।

वडाध्यक्ष कार्कीका अनुसार उत्सवमा घर, वन, सिमल, सिठुनीलगायत विभिन्न प्रजातिका तरुल राखिने छन् ।

प्रकाशित मिति : पुष २१, २०८० शनिबार  ४ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]