बैशाख २२, २०८१ शनिबार

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यन्यायाधिवक्तामा अधिवक्ता रूपेश कोइराला आइतबार नियुक्त भएका छन् ।

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । उनलाई आइतबार दिउँसो १ः४५ बजे उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश रमेश प्रसादराज भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले बताएका हुन् ।

मोरङको विराटनगर महानगरपालिका–९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकार समेत रहेका छन् ।

प्रकाशित मिति : पुष २२, २०८० आईतबार  १ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]