जेष्ठ ४, २०८१ शुक्रबार

सवारीमा लापरबाही नगरौं

सम्पादकीय
विश्वमा नसर्ने रोगका कारण सबैभन्दा धेरै मानिसको ज्यान जाने गर्छ । त्यसपछि सवारी दुर्घटनाका कारण ज्यान गइरहेको छ । सवारी दुर्घटनाका कारण क्षणभरमा ज्यान जाने गर्छ । झापामा शनिवार साँझ चारपानेमा भएको सवारी दुर्घटनामा एकैछिनमा एकजना ४४ वर्षीय युवाको ज्यान गयो । मेला हेर्नलाई घरबाट हिडेका उनीहरु चारपाने चोकमा दुर्घटनामा परे । एउटै मोटरसाइकलमा तीन जना यात्रा गर्नु ट्राफिक नियम विपरित हो । यात्रामा कहिल्यै पनि लापरबाही गर्न हुदैन । दुर्घटना के कति कारणले भयो त्यसको अनुसन्धान हुने नै छ । तर, ट्राफिक नियम विरुद्ध कसैले पनि काम गर्न हुदैन ।

मुख्य सडक क्षेत्रमा सवारीहरुमध्ये सबैभन्दा धेरै संख्यामा मोटरसाइकलको प्रयोग भइरहेको छ । संख्या धेरै भएका कारण लापरबाही पनि उस्तै छ । सडकमा सार्वजनिक बस र ट्याक्टर सबैभन्दा धेरै लापरबाही गर्ने सवारीमा पर्छन । एक बेला टिपरको दुर्घटना संख्या धेरै हुन्थ्यो । अहिले चिसो मौसम छ । चिसो मौसम, हुस्सेका कारण सवारी सञ्चालनमा पनि समस्या हुने गर्छ । यो बेला सवारी चलाउदा विशेष ध्यान दिनैपर्छ । अर्कोतिर, मुख्य सडकमा तीन जना चढेर यात्रा गर्नेलाई किन रोक्न सकिएन । हुनत, सवारी चलाउनेले आफै पनि ट्राफिक नियमको ज्ञान राख्नुपर्छ । अर्कातिर, सडक सुरक्षाका काम गर्ने ट्राफिक प्रहरीले पनि ध्यन दिनैपर्छ ।

सानो त्रुटिले सवारी दुर्घटना हुन्छ । एउटा त्रुटिका कारण ज्यान जान्छ भने किन सतर्कता नअपनाउने रु जीवनलाई त्यति हल्का रुपमा पनि लिन हुदैन । यसैले सवारी चलाउदा ख्याल गर्नैपर्छ । लापरबाही गर्ने, ट्राफिक नियमको पालना नगर्दा आफु केहि समयलाई सुरक्षित हुन सकिएला । तर, अर्को व्यक्ति त्यसको मारमा परेर दुर्घटनामा पर्न सक्छ । एउटा मान्छे दुर्घटनामा परेर ज्यान जाँदा एक व्यक्तिको कुरा मात्र हुदैन । उसको परिवार, आफन्त, व्यवहार सबै समस्यामा पर्छ । यसैले सबै सवारी चलाउनेहरुले आफुलाई केन्द्रमा राखेर सवारी चलाऔं । आफु सुरक्षित रहौं । अरुलाई पनि सुरक्षित राखौं ।

प्रकाशित मिति : पुष २३, २०८० सोमबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]